site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योग वाणिज्य महासंघ चुनाव : सहमतिको इतिहास दोहोरिएला ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई चुनावी रौनकले छोएको छ । आगामी पदाधिकारी र कार्यकारिणी समिति सदस्यमा मनोनयन दिएकाहरु मत आ–आफ्नो पक्षमा पार्न लागि परेका छन् ।  महासंघको विगतको साधारणसभा जस्तो ५४ औँ वार्षिक साधारणसभामा पनि प्रत्यासीहरु प्यानलसहित नै उमेदवारी दर्ता गराएका छन् । 

आगामी वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित नै उमेदवारी दर्ता गरिसकेका छन् ।  प्यानलसहित उमेदवारी घोषणा गरेका उमेदवारहरुलाई सहमतिको आधारमा अगाडि बढ्न पूर्वअध्यक्षहरुले आग्रह गर्दै आएका छन् ।  महासंघलाई एकताबद्ध बनाउन र हालको परिस्थितिमा निर्वाचन गर्न नहुने पक्षमा केही पूर्वअध्यक्षहरु खुलेरै सहमति गराउन तल्लिन छन् । पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पूर्वअध्यक्षहरुको तर्फबाट सहमति गराउने भूमिका अगाडि बढाइरहेका छन् । 

केही समयअघि सबै पूर्वअध्यक्षहरुको भेलाले रविभक्त श्रेष्ठ र महेशलाल श्रेष्ठलाई सहमति गराउने जिम्मा नै दिएका थिए ।  उक्त भेलापछि नै पूर्वअध्यक्ष श्रेष्ठले सहमतिको प्रयास गर्दै आएका छन् ।  दुवै वरिष्ठ उपाध्यक्षका उमेदवारहरुले प्यानलसहित नै उमेदवारी दर्ता गराए पनि सहमतिको प्रयास जारी रहेको श्रेष्ठले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“सहमतिको लागि प्रयास भइरहेको छ,” उनले भने, “यो बीचमा एक–दुई चरणमा छलफल पनि गरे । अब तिहारलगत्तै दुवै उमेदवारलाई सँगै राखेर सहमतिका लागि आग्रह गर्नेछु ।” निवर्तमान अध्यक्ष पशुपती मुरारका पनि सहमतिको प्रयास जारी रहेको बताउँछन् ।  “सहमतिको प्रयासलाई छोड्नु हुँदैन । सहमति भयो भने नयाँ परम्परा पनि बस्छ । अहिलेको कठिन परिस्थितिलाई हेर्दै सहमतिको वातावरण बन्नुपर्छ,” उनले भने ।

कोडिभको कारणले पनि सहमति गरी अगाडि बढ्नुु नै उपयुक्त हुने उनले बताए ।

Global Ime bank

“काठमाडौंमा हुने निर्वाचनका लागि जिल्लाबाट प्रतिनिधिहरु आउनुपर्छ । काठमाडौंमा फैलिएको कोरोनाका कारण जिल्लाबाट आउने साथीहरुलाई कोरोना लाग्ला भन्ने डर पनि छ । अहिलेको बेलामा सहमतिको प्रयास गर्नु नै उपयुक्त हुन्छ,” मुरारकाले भने । 

त्यसो त सहमतिका लागि वरिष्ठ उपाध्यक्षमा दुवै उमेदवार ढकाल र प्रधान पनि सहमत छन् । तर, सहमतिका लागि एकले अर्कालाई छोड्नुपर्ने हुन्छ । कसले कसलाई छोड्ने भन्ने विषयमै कुरा अड्किएको देखिन्छ । 

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि सहमतिका लागि आग्रह गरेका छन् ।  प्रजातान्त्रिक अभ्यासमा चुनावनै सर्वोत्तम तरिका भए पनि अहिलेको विषम परिस्थितिमा सहमति भएमा निजी क्षेत्रका लागि सुखद हुने उनले बताएका छन् । सहमतिको प्रयासलाई जारी गर्न पनि उनले आग्रह गरे । 

सहमतिका लागि अध्यक्ष भवानी राणाले पनि प्रयास गरिरहेको बताइन् ।  “अहिलेको बेलामा सहमति आवश्यक देखिन्छ” उनले भनिन्, “सहमति हुन सकेन भने प्रजातान्तिक अभ्यास त छँदैछ ।”  सहमतिको ढोका खुलै रहेको ढकाल र प्रधानले पनि बताए । 
“सहमतिका प्रयासहरु भइरहेका छन्, अहिले पनि सहमतिको सम्भावनाको अन्त्य भइसकेको छैन,” उमेद्वारद्वयले भने । 

“सहमतिको सम्भावना अन्तिम समयसम्म नै रहन्छ,” ढकालले भने । 

दोहोरिएला इतिहास !

महासंघभित्र चुनावी तीव्र प्रतिस्पर्धा भइरहँदा एकपटक मात्रै सहमतिको प्रयासले सार्थकता पाएको छ ।  २०५६ सालको चुनावमा रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठबीच सहमति भएको थियो ।  त्यसबेला रविभक्त श्रेष्ठले प्रदीपकुमार श्रेष्ठलाई अध्यक्ष बन्न सहमतिको बाटो खोलिदिएका थिए । 
त्यसबेला पनि तत्कालीन अध्यक्ष आनन्दराज मुल्मीसहित महासंघबाहिर रहेका प्रतिष्ठित उद्योगी व्यवसायीले सहमतिका लागि भूमिका खेलेका थिए । 

“त्यो बेलामा म र प्रदीपकुमार श्रेष्ठबीच चुनाव हुँदै थियो । तर सबैको सुझावको आधारमा मैले प्रदीपलाई छोडेको थिएँ । त्यसपछि म अध्यक्ष भएँ,” श्रेष्ठले भने । अहिले पनि पूर्वअध्यक्षसहित वर्तमान पदाधिकारीले सहमतिको लागि आग्रह गर्दै आएका छन् । यो पटक सहमति हुन सके इतिहास दोहोरिने छ । 

वरिष्ठ उपाध्यक्षमा मात्रै सहमति भएर पनि हुने छैन । प्यानलसहित दुवै पक्ष चुनावी मैदानमा उत्रिसकेका छन् ।  वरिष्ठमा सहमति भए अन्य पदमा के गर्ने भन्ने पनि छ । तर, एक पूर्वअध्यक्षले भने वरिष्ठ उपाध्यक्षमा सहमति हुन सके त्यसभन्दा तलको पदमा सहमति हुन सक्ने बताउँछन् । 

यस्तो छ ढकाल र प्रधानको महासंघ यात्रा

उद्योग वाणिज्य महासंघमा ढकाल र प्रधानको यात्रा लामै छ । कार्यसमिति सदस्य हुँदै दुबै जना उपाध्यक्षमा पुगेका हुन् । वर्तमान कार्यसमितिमा ढकाल सर्वसम्मत उपाध्यक्ष भएका हुन् भने प्रधान महासंघको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् । महासंघको पछिल्लो निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा पराजित प्रधानलाई जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा विजयी प्रमोद श्रेष्ठ स्थानीय तहको उम्मेदवार बनेपछि उनलाई हटाइएको थियो । र, उक्त पदमा उपनिर्वाचन गर्दा प्रधान विजयी भएका हुन् । ढकाल भने एशोसिएटतर्फबाट सर्वसम्मत उपाध्यक्ष छानिएका हुन् ।
 
कसको प्यानलमा को ?

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रधानको प्यानलमा वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा शौरभ ज्योती र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ छन् । यसैगरी ढकालको प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधी तिवारी र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई छन् ।

महासंघको ५४ औँ वार्षिक साधारणसभा मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः आगामी अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षका लागि प्यानलसहित प्रधान र ढकाल चुनावमा उत्रिएका हुन् । महासंघको आगामी अध्यक्ष शेखर गोल्छा हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्षमा नै चुनाव लडेर निर्वाचित भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC