स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार नेपालमा करिब २ हजार अस्पताल र ७ सय आईसीयु बेड छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १ सय ५५ आईसीयु बेडहरू छन् । यसको मतलव कोभिड-१९ बिरामीहरूलाई मात्र उपचार गर्न पिन आईसीयु बेड पुग्दैन । त्यसकारण, सरकारले कोरोनाभाइरसको डरको बीचमा २ सय ३५ आईसीयु बेड स्थापना गर्न तत्परता र प्रतिक्रिया योजना (एनपीआरपी) तय गर्यो । यसका साथै सरकारले देशभर एक हजार अलग बेड, २५ हब र स्याटेलाइट अस्पताल नेटवर्क स्थापना गर्ने, औषधिको व्यवस्था गर्ने र विशेष स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी र प्रतिक्रियाको रूपमा रोगको फैलावट रोक्ने निर्णय गरेको छ ।
अस्पतालमा प्रतिव्यक्ति ३.२, अमेरिकामा २.८, चीनमा ३.३, दक्षिण कोरियामा १२. ३, जर्मनीमा ८, फ्रान्समा ६ र नेपालमा प्रतिव्यक्ति ०.९ शय्या छन् । स्वास्थ्य सेवाको क्षमताको भए पनि यी देशहरू कोभिड-१९ सँग संघर्ष गरिरहेका छन् । अस्पताल र सुविधाका दृष्टिमा नेपालको अन्य देशहरूका तुलनामा स्वास्थ्य सेवा क्षमता अत्यन्त न्यून छ । यसैले नेपालले कुनै पनि मापदण्ड पूरा गर्न सक्दैन । कोभिड-१९ के केही सय बिरामीलाई मात्र ठीकसँग व्यवस्थापन गर्न सक्छ । नेपालका सबै अस्पतालका आईसीयु बेडहरू पहिले नै भरिएका छन् । कोभिड-१९ बिरामीका लागि आईसीयु बेडहरू कम्तीमा १० दिन आवश्यक हुन्छ भने १५ दिन लगभग रिकभरीका लागि चाहिन्छ । तर, हजार जनाभन्दा बढीको परीक्षणपछि एउटा चिनियाँ अध्ययनले इनक्युबेसन अवधि २४ दिनसम्म हुनसक्ने देखाएको छ ।
डिस्चार्ज योजना के हुनुपर्छ ?
डिस्चार्ज प्रक्रियाले बिरामीलाई हेरचाहको एक स्तरबाट माथिल्लो तहको स्याहारमा कुन स्थानमा सार्नुपर्छ भनेर निर्णय गर्न प्रयोग गर्यो । डाक्टरले अस्पतालबाट बिरामीको रिहाइ गर्ने वा अधिक समय राख्ने निर्णय लिन सक्छ । तर, चिकित्सा अवस्था, सामिहक दृष्टिकोण, सामाजिक कार्यकर्ता, नर्स, केस प्रबन्धक वा अन्य व्यक्ति डिस्चार्ज योजना पूरा हुने वास्तविक प्रक्रिया हुन सक्छन्र । डिस्चार्ज योजनाको आधारभूत कुरामा घर फर्कने योजना वा अर्को हेरचाह संस्थामा स्थानान्तरणको लागि योजना बनाउने, बिरामीको मूल्यांकन, बिरामीसँग छलफल, हेरविचारकर्ता प्रशिक्षण वा अन्य समर्थनको आवश्यक छ भने निर्धारण, घर हेरचाह वा हेरचाह संस्थालाई रेफरल, अनुगमनको लागि व्यवस्था: अपोइन्टमेन्टहरू वा परीक्षणहरू पर्छन् । यसबाहेक, अस्पताल भर्ना हुनु अघि र पछिको परिवारको सदस्यको शारीरिक अवस्थाबारे छलफल, औषधि र आहार, हेरचाहको प्रकारहरूको विवरण, डिस्चार्ज सुविधा वा हेरचाह गृह, बिरामीको सर्तमा जानकारी, बिरामीहरूलाई सहयोग पुर्याउन कस्तो क्रियाकलाप आवश्यक छ, ह्विलचेयर, अक्सिजन, कमोड, खाना तयारी उपकरण, सहायक सामग्री र यातायातजस्ता अतिरिक्त हेरचाह सेवाहरू आदि पनि महत्त्वपूर्ण हुन्छन् ।
डिस्चार्ज योजनाको फाइदा
छिटो वा उपयुक्त डिस्चार्ज योजनाले निम्न पक्षहरूमा हुने जोखिम कम गर्न सक्छ
अस्पतालमा पुनः भर्ना, पुनः प्राप्तिमा छिटो, औषधिहरू सहीरूपमा सिफारिस गरिएको छ छैन सुनिश्चित गर्न र राम्रोसँग हेरचाह गर्न । यद्यपि धेरै कम अस्पतालहरू यसमा सफल हुन्छन् । अमेरिकी अस्पतालहरूमा विश्वव्यापी रूपमा स्वीकृत निर्देशिका छैन । थप, बिरामीहरू अस्पतालहरूबाट छिटो बिदा गरिन्छन् र बिदाइपछि राम्रो हेरचाहको व्यवस्था गर्न यसलाई अझ महत्त्वपूर्ण बनाउँछ । केही अध्ययनहरूका अनुसार ६५ वर्ष माथिका ४० प्रतिशत बिरामीलाई अस्पताल डिस्चार्ज गरेपछि गलत औषधि प्रयोग भएको भेटियो र अस्पतालबाट डिस्चार्ज मेडिकेयर बिरामीहरुको १८ प्रतिशत तीस दिनभित्र पुनः भर्ना गर्नुपरेको भेटियो । यसबाट न बिरामीको राम्रो भयो न अस्पताललाई । साथै, मेडिकेयर, निजी बीमा, र निजी खर्चका योजना बनाउन र बिरामीहरूको राम्रो अनुगमनमा पनि मद्दत गर्दैन । यो स्वास्थ्य सेवाका लागत कम गर्न सहयोगी पनि हुँदैन ।
डिस्चार्ज प्रक्रियामा डाक्टरहरूको भूमिका
स्वास्थ्यकर्मी बिरामीको अवस्थाको सबै पक्षसँग राम्ररी परिचित नहुन सक्छ । तर, डाक्टरको हैसियतमा बिरामी र हेरचाह र सुरक्षा सेवा प्रदान गर्ने क्षमताको बारेमा धेरै जानकारी हुन सक्छ । डाक्टरहरूले बिरामी / परिवारको इच्छा र हेरचाह प्रदान गर्न सक्ने क्षमताको बारेमा छलफल गर्न सक्छन् । शारीरिक, वित्तीय/आर्थिक वा अन्य सीमाहरू र प्रभाव बुझ्न सक्छन् । बिरामीहरूको लागि केही विशेष प्रशिक्षण गर्नुपर्ने केही जटिल, विशेष स्याहार, प्रविधिहरू आवश्यक पर्नसक्छ ।
प्रायः मानिसहरू अस्पताल छोड्ने हतारमा देखिन्छन् । डाक्टरहरूले व्यक्तिगत हेरचाह नुहाउने, खाने, लुगा लगाउने, शौचालय, घरेलु हेरचाह, खाना पकाउने, सफाइ, किनमेल, स्वास्थ्य सेवा, औषधि व्यवस्थापन, चिकित्सकको नियुक्ति, चिकित्सा, घाउ उपचार, इंजेक्सन, चिकित्सा उपकरण र प्रविधि सिकाउन सक्छन् । सामान्यतया बिरामीलाई बिहान २ बजे घर पठाउन उत्तम मानिदैन । किनभने रातको समय बिदाइको लागि रुचाइएको हुँदैन । सबै हिसाबले नमिल्दो हुन जान्छ । सन्नी ब्रुक हेल्थ साइन्सका अनुसार चाँडै गरिने अस्पताल डिस्चार्ज एक बढी अस्थिर प्रवृत्ति हो जुन झन् जोखिमसँग जोडिएको छ । यस्ले अस्पताल भर्ना दर बढेको प्रमाणित भएको छ । तसर्थ, छिटो डिस्चार्ज गर्नु खतरनाक हुन्छ कि भनेर चिकित्सक समुदायले छलफल गर्नुपर्छ ? प्रायः बिरामीहरू आफ्नै आफ्नै ओछ्यानमा सुत्न चाहन्छन् । के अस्पतालमा संक्रमण हुनेछैन? के डाक्टरहरूले अस्पतालमा आफ्ना बिरामीहरूलाई राम्रोसँग निगरानी गर्ने समय पाउँछन् ?
अस्पतालबाट डिस्चार्ज हुनुअघि के विचार गर्नुपर्छ त ?
डिस्चार्ज गर्नका लागि निम्न विषयहरूलाई सम्बोधन गर्नुपर्छ :
१. औषधि व्यवस्थापन: यो सुनिश्चित गर्न कुनै पुरानो औषधिहरू बन्द गरिएको छ वा छैन र नयाँ औषधिहरूको सुरक्षा प्रबन्ध ठीक छ त ?
२. संरचित डिस्चार्ज सञ्चार: औषधि परिवर्तनहरू, पे पेन्डिङ टेस्ट/परीक्षणहरू र फलोअप आवश्यकताहरूको बारेमा चिकित्सकहरूलाई जानकारी सही दिनुपर्छ ।
३. बिरामी शिक्षा: बिरामीहरू, परिवारका सदस्यहरूले आफ्नो रोगको निदान, उनीहरूको अनुगमन आवश्यकताहरू र डिस्चार्जपछि प्रश्न वा समस्याहरूमा कोसँग सम्पर्क गर्ने बुझ्नु पर्छ ।
४. बिरामीहरूको लागि पोस्टडिस्चार्ज उपकरण, घरमा कसरी हेरचाह गर्ने ?
५. चेतावनी संकेतहरू र जटिलताको लक्षण । औषधि र सबै औषधिहरू विस्तृतरूपमा तोकिए झैँ उपलब्ध र सेवन ।
६. गतिविधि निषेधहरू ,
७. सर्जिकल साइट संक्रमण र जोखिम
८. अनुगमन वा अपोइन्टमेन्टहरूको तालिका इत्यादि ।
डिस्चार्ज प्रक्रियामा डाक्टरहरूको सही भूमिकाले बिरामीहरूको लागि बेडको अभाव समाधान गर्न सक्छ । अस्पतालका स्वास्थ्यकर्मीको कुशल व्यवस्थापनले अस्पातलमा हुने बेडको अभाव केही हदसम्म समाधान हुनेमा शंका छैन । अब यसतर्फ पनि सोच्नुपर्ने बेला आएको छ ।
(नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत )