site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मला हत्याकाण्डका २७ महिना : प्रहरी अझै ‘क्लु’ कै खोजीमा

काठमाडौं । ०७५ साउन १० मा उखुबारीमा मृत भेटिएकी कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानले अझै पूर्णता पाएको छैन । भीमदत्तनगर २, उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो । यो घटना भएको २७ महिना बितिसकेको छ ।

घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि हत्यामा कसको संलग्‍नता थियो भन्‍ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्‍चनपुर प्रहरीको टोलीले अनुसन्धान जारी राखेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

गएको वर्षको साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मला बलात्कारमा एकजनाको मात्रै संलग्‍नता रहेको अनुसन्धान र ‘भेजिनल स्वाब’ परीक्षणबाट पुष्टि भएको छ । अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बर्खास्तीदेखि निलम्बनसम्म परेका थिए ।

तर ती सबै अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् । अहिले अनुसन्धानमा सक्रिय रहेको टोलीले पुराना फाइल पल्टाउने, सूचना संकलन गर्नेलगायत काम गरिरहेको एक अधिकारीले बताए । यसअघि अनुसन्धान टोलीले सयौं शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्‍ने, कल डिटेल हेर्नेलगायत काम गरिसक्दा पनि हत्यारासम्म पुग्‍ने ‘क्लु’ भेट्टाउन सकेको छैन ।

प्रहरीले ७० जना बढीको ‘डीएनए’ परीक्षणसमेत गरिसकेको छ । तर कसैको पनि डीएनए ‘म्याच’ भएको छैन । 

निर्मला बलात्कार तथा हत्यामा चिनजानकै व्यक्तिको संलग्‍नता हुनसक्ने आशंका अनुसन्धानमा संलग्‍न अधिकारीले गरेका छन् । एक अधिकारीले भने, ‘‘चिनजानकै वा मानसिक अवस्था कमजोर भएको व्यक्तिले गरेको हुनसक्ने सम्भावना छ । कैयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । सबै पक्षबाट अनुसन्धान गरिरहेका छौं ।’’

अनुसन्धानमा संलग्‍न प्रहरी टोलीले उपलब्ध स्रोत-साधनको प्रयोग गरे पनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro