देश
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ । बुधबार रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवालाका तर्फबाट जवाफी बहस गरेर बाहिरिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यर्ताहरूले त्रिपाठीमाथि आक्रमण गरेका हुन् ।
थुनछेक बहस सकाएर निस्किने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकले त्रिपाठीमाथि आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेर जोगाएको थियो ।
लामिछानेमाथिको थुनछेक बहस सकिएर अहिले आदेश लेखनको काम जारी छ ।
प्रकाशित मिति: बुधबार, माघ २, २०८१ १७:०६
प्रतिक्रिया दिनुहोस्