site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा कार्यकर्ताको हत्या गरिएको घटनाको छानबिन गर्न कांग्रेसको माग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा पर्साका सचिव मुकेश चौरसियाको हत्याको घटनाको छानबिन गर्न माग गरेको छ । 

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्‍ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्‍ने भन्दै कांग्रेसले पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष रहेका केपी ओलीको ध्यानाकर्षण समेत गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ञञपर्साका घटना विवरण अत्यन्तै दुःखद छ । अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछझझ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सत्तारूढ दल नेकपाको स्थानीय दुई समुह बिच पर्सा जिल्लामा असोज ६ गते बिहिवार झडपका क्रममा घाइतेको उपचारक्रममा निधन भएको थियो । दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको पनि शर्माले जनाएका छन् ।

Global Ime bank

"नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो । तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ । प्रधानमन्त्रीकै जिल्ला झापामा यसविचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसविचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन्," विज्ञप्तिमा भनिएको छ, "पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ । घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिइ कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो । तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।"
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC