site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्लिन फिड लागु भए/नभएको कात्तिक ८ देखि अनुगमन गरिने

काठमाडौं । सरकारले विदेशी च्यानल क्लिन फिड (विज्ञापनरहित) प्रसारण भए/नभएको कात्तिक ८ गतेदेखि अनुगमन गर्ने जनाएको छ ।

सरकारले विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार कात्तिक ७ गतेभित्र नेपालमा प्रसारित हुने विदेशी च्यानलबाट विज्ञापन प्रसारण गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्न पनि सरोकारवालाहरुलाई आग्रह गरेको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन ऐनको व्यवस्थाअनुसार क्लिन फिड कार्यान्वयन नगर्नेलाई कानुनअनुसार कारबाही हुने बताए ।

Dabur Nepal
NIC Asia

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्‍क गरी प्रसारण गर्ने सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात् २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेकाले त्यसको पालना गर्न मन्त्री गुरुङले आग्रह गरे । क्लिन फिड कार्यान्वयन नगर्नेलाई कारबाही हुने उनले बताए ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले उक्त कानुन कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको र सोही बोर्डले अनुगमनलगायत कामका लागि कर्मचारीहरुलाई तालिमसमेत दिइसकेको बताए ।

प्रसारण संस्थाले क्लिन फिड लागू गरे वा नगरेको निरन्तर अनुगमन हुने उनले बताए । “ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि क्लिनफिड प्रसारण गर्न, गराउन तथा कानुनअनुसार तोकिएको मितिमा विज्ञापनरहित क्लिनफिड प्रसारण नभए कानुनअनुसार हुने व्यहोरा यसअघि नै सम्बन्धित सरोकारवालाहरुलाई विज्ञप्तिमार्फत जानकारी गराइसकिएको छ । तसर्थ कात्तिक ७ देखि क्लिन फिड लागु गरिएको सम्बन्धित सबैलाई जानकारी गराउँदै सोहीअनुसार गर्न आह्वान गर्दछौ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro