कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८७ लाख  

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८७ लाख  

 काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८७ लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८७ लाख ८९ हजार २०४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ८३ हजार ५८८ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ९५ हजार ९७ संक्रमितको मृत्यु भइसकेको छ ।  
 

प्रतिकृया दिनुहोस
ad