देश
काठमाडौं । सर्वोच्च अदालत कात्तिक १५ गतेसम्म बन्द हुने भएको छ । कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने सूचना जारी गरेर जानकारी गराइएका छ । दसैंका बेलामा सँधै यो अवधिमा अदालत बन्द हुने गर्दछ ।
तर, यो अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ ।
शनिबार र विजयादशमी टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहनेछ । अरु प्रकारका मुद्दाहरुमा भने सुनुवाइ हुनेछैन ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७ १९:०१
प्रतिक्रिया दिनुहोस्