site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वडाध्यक्ष मडैको निधन 
Sarbottam CementSarbottam Cement

बैतडी । सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

उनले भने, “बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि  उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याएपछि  दिउँसो ३ बजेतिर निधन भएको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको  गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए । वडाध्यक्ष मडैको तीनचार दिनदेखि नै स्वास्थ्यावस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । 

उनले भने, "शव परिवारको जिम्मा लगाइसकिएको छ, परिववार तथा आफन्तले कालगतिले नै उहाँको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन् ।” मडै तत्कालीन नेकपा९एमाले०बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC