प्रवास
काठमाडौं । आगामी दिनहरुमा रियादबाट केही थप चार्टर उडान हुने रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले एक विज्ञप्ती जारी गर्दै असोज १, ३, ६ र ११ गते हुने उडान तालिका सार्वजनिक गरेको छ ।
उक्त चार्टर उडानहरु नेपाल एयरलाइन्सले गर्ने भएको हो ।
उक्त उडानमा सहभागी हुन नेपाली राजदूतावासले विभिन्न मितिमा प्रकाशित गरेको सूचीमा नाम समावेश भएकाहरुले नेपाल एयरलाइन्सको रियाद स्थित टिकेटिङ्ग प्रतिनिधिकोमा सम्पर्क गर्नु दूतावासले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७ १६:४०
प्रतिक्रिया दिनुहोस्