site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसपी रजौरे भन्छन्- ‘बेसारपानी र आत्मविश्वासले कोरोना जितें’

काठमाडौं । नेपाल प्रहरीका एसपी वसन्त रजौरे प्रहरी प्रधान कार्यालयमा रहेको कोरोना हेल्थ डेस्कमा कार्यरत छन् । कोरोनाविरुद्धको मोर्चामा सक्रिय रहँदा उनी आफैं संक्रमित बन्‍न पुगे ।

प्रहरी प्रधान कार्यालयमा कोरोना देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा उनी परेका थिए । १४ दिनको क्‍वारेन्टिन र १० दिनको आइसोलेसनमा बसेपछि उनी निको भएका छन् । एसपी रजौरेले बाह्रखरीसँग आफ्नो कोरोना अनुभव यसरी साटेका छन् ।

Dabur Nepal

प्रहरी प्रधान कार्यालयमा रहँदा केही प्रहरी साथीहरुमा कोरोना देखियो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा म पनि परें । त्यो क्रममा १४ दिन घरमै क्‍वारेन्टिन बसें । परीक्षणकै क्रममा मेरो पनि कोरोना पोजेटिभ आयो । मलाई ज्वरो आएको थिएन । तर दुई-तीनपटक हाच्छ्यु भने भएको थियो । नाक हल्का भारी भएको थियो ।

त्यसपछि मैले आफ्नै घरमा आइसोलेसनमा बस्‍ने बताए । चिकित्सकको सल्लाहमा घरमै बसें । तर घरमा आफ्ना कारणले बालबालिकालाई समस्या नपरोस् भन्‍नेमा म सचेत थिएँ । एउटा छुट्टै कोठामा बसें । आफ्नै दैनिक तालिका बनाएँ । खासै आत्तिएको त थिएन । तर आफूभन्दा परिवारको चिन्ता बढी थियो ।

प्रत्येक दिन बिहान सामान्य व्यायाम योगालगायत क्रियाकलाप गरें । खानपिन नियमित नै भयो । शारीरिक अभ्यास गरेर पसिना बगाउँथे । दिनमा दुई पटकसम्म तातोपानीको बाफ लिइरहें ।

बेसार पानी, टिमुर, अदुवा, लसुन, मेथी, ज्वानोको झोल निरन्तर पिएँ । स्वास्थ्यमा खासै समस्या देखिएको थिएन । तर आत्मविश्वास भने चाहिन्छ । सकेसम्म सतर्कता अपनाउने हो । संक्रमित भइसकेपछि पनि व्यायाम, खानपिनको सन्तुलन मिलाएर सकारात्मक मानसिकता कायम गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्‍न सकिन्छ । तर सानो लापरबाहीले घर परिवार र स्वयं आफू संकटमा परिन्छ भन्‍ने सबैले बुझ्‍न जरुरी छ ।

अहिले सबैतिर संक्रमण फैलिँदो क्रममा छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ । सरकारले तोकेका मापदण्ड, आग्रहलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्न जरुरी छ । शंका लागे जाँच गराइहालौं । नौ दिन आइसोलेसनमा बसेपछि मेरो कोरोना रिपोर्ट नेगेटिभ आयो । अब म फेरि कोरोनाविरुद्धको लडाइँमा मैदान फर्किंदै छु । राज्य र समाजप्रतिको जिम्मेवारी हामी सबैले आ-आफ्नो ठाउँमा पूरा गरौं । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro