site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डसहितका नेताहरूले राष्ट्रपतिलाई भने– महाभियोगको कुनै तयारी छैन, ढुक्क रहनुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोगको हल्ला निराधार रहेको भन्दै प्रधानमन्त्रीको गलत कदममा साथ नदिन आग्रह गरेका छन् ।

आज बिहान ११ बजे शीतल निवास पुगेका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति भण्डारीलाई भेटेर महाभियोगको हल्ला एकदमै निराधार, कपोलकल्पित रहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“तपाईंविरूद्ध महाभियोगको तयारी हुँदैछ भनेर हल्ला चलाइएछ । हामीले एकै श्वरमा भन्यौं । त्यस्तो हल्ला निराधार हो । कुनै तयारी छैन । कल्पना पनि गरेको छैन । पार्टीभित्रको समस्या आन्तरिक हो । यो हामी मिलाउँछौं । यसमा राष्ट्रपति कार्यालय मुछिनु आवश्यक छैन । ढुक्क रहनुस् भनेर भन्यौं,” भेटपछि झलनाथ खनालले बाह्रखरीसँग भने ।

राष्ट्रपति भण्डारीले ठीकै छ, मैले पनि त्यस्तो कल्पना गरेको छैन भनेर जवाफ फर्काएको खनालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राति मन्त्री, राज्यमन्त्रीलाई बोलाएर म र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भएको बताएका थिए ।

Global Ime bank

उनले मन्त्रीहरूलाई पार्टी सङ्कटको उत्कर्षमा पुगेकाले फुटको दिशामा जान सक्ने खतरा औंल्याएका थिए । नेताहरूबीच संवाद चलिरहँदा प्रधानमन्त्रीले त्यसो भनेपछि नेताहरू शीतल निवास पुगेर प्रष्ट पारेका हुन् ।
अहिले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement