site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको लकडाउन मोडालिटी अनुसार के-के सञ्‍चालन गर्न पाउने ?  (पूर्णपाठ) 

काठमाडौं । सरकारले असार १ गतेदेखि लकडाउनेको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्न सञ्‍चालन गर्ने निर्णयसमेत गरेको छ ।    

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र); अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू; तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत;  सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार; सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन; सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल; सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना; स्पा, सैलुन तथा ब्युटी पार्लर; स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सपिङ मल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, यात्रुबाहक सार्वजनिक सबारी साधन (पर्यटक सवारी साधनसमेत) सञ्‍चालन गर्न नपाउने जनाएको छ । 

त्यसैगरी  काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीमात्र सञ्‍चालन गर्न दिने जनाएको छ । 


 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्