site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
कुवेतबाट को-को नेपाल फर्किन पाउने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण उत्पन्‍न असहज परिस्थितिमा स्वदेश फर्कन चाहनेको संख्या उल्लेखनीय छ । यहि कुरालाई मध्यनजर गर्दै  कुवेतस्थित नेपाली दूतावासले कस्ता समस्या भएका नेपाली स्वदेश फर्कन पाउने भनेर एक विज्ञप्ती जारी गरेको छ । 

विदेशमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश-२०७७, संक्रामक रोग ऐन, २०२० को दफा -२ ले दिएको अधिकार प्रयोग गरी जेठ १२ मा नेपाल सरकारबाट जारी भएको व्यहोरा  बमोजिम नेपाल फर्कन चाहनेहरुका लागि निम्‍नानुसार व्यवस्था हुने जनाइएको छ । 

१) नेपाल जानका लागि सहजीकरण गरिने नेपाली नागरिकहरुको प्राथमिकता क्रममा सजायबाट आममाफी पाएका डिटेन्शन सेन्टरमा रही हाल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारणले बहिर्गमन (एक्जिट) भिसा लिई बसेकास आफन्तको मृत्यु भइ काजक्रियाका लागि नेपाल आउनु पर्ने रोजगारी गुमाएका वा श्रम करार अवधि सकिएका कोभिड बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्थामा रहेकास सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, सरकारी सेवामा रही अध्ययन वा तालिममा आएका, अध्ययन समाप्त भएका विद्यार्थी, नेपाल जानु पर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि आएका, कम्पनीबाट रोजगारी सहित बिदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेका, नेपाल जानु पर्ने अवस्थाका र पर्यटक वा व्यापारिक भिसामा आएका व्यक्तिहरु पर्दछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

२) हवाइ उडानबाट स्वदेश जाने व्यक्तिले उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परिक्षण (पीसीआर र आरडीटी वा अन्य) को प्रमाण साथमा राख्नु पर्नेछ ।

३) हवाइ उडानबाट नेपाल फर्कनेका लागि काठमाण्डौको चक्रपथ आसपासका उपयुक्त पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा (कम्तीमा एउटा पर्ने गरी) अलग अलग अस्थायी होल्डिङ्‌सेन्टरहरुको व्यवस्था गरिनेछ ।

Global Ime bank

४) त्यसरी जानेलाइ विमानस्थल आगमन कक्षमा स्वास्थ्य घोषणा फाराम भर्न लगाइ ज्वरो नाप गरिनेछ । १००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएकालाइ त्यहींबाट आइसोलेशन कक्षमा लगिने र अन्यलाइ भन्सार सम्बन्धी प्रकृया पूरा गरी प्रदेशगत रुपमा व्यवस्था गरिएका बसबाट नेपाली सेनाको संयोजकत्वमा सोझै होल्डिङ्‌सेन्टरहरुमा लगिने छ ।

५) होल्डिङ्‌ सेन्टरमा रहेकाको पालिकागत विवरण तयार गरिने र ट्रेसिंग सहजताका लागि निजको मोबाइल नम्वर लिईने छ । मोवाइल नम्वर नहुनेका लागि निशुल्क सीम वितरण गरिनेछ, जुन कम्तीमा ६० दिन अनिवार्य प्रयोग गर्नु पर्नेछ र आफ्नो मोवाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य“ एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिमा नियमित रुपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नुपर्नेछ ।

६) होल्डिङ्‌ सेन्टरमा आवश्यक प्रकृया पूरा गरेपछि आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न चाहनेलाई सीधै व्यवस्था गरिएको होटलमा र स्थानीय तहको निशुल्क क्वारेन्टाइनमा बस्नेहरूलाइ सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रुपमा छुट्याइएका यातायातका साधनबाट जिल्ला सदरमुकाम सम्म पुर्याइनेछ । जिल्ला सदरमुकाममा पुगेकालाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई तोकिएका क्वारेन्टिनमा राख्नेछ ।

७) खर्चको हकमा हवाई भाडा, स्थानीय यातायातको खर्च तथा होटलमा क्वारेन्टिन बस्न चाहने व्यक्तिले होटलको खर्च आफैं व्यहोर्नु पर्नेछ । तर होल्डिङ्‌सेन्टरको भाडा तथा स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टिनमा १४ दिन बस्दा लाग्ने खाना खर्च नेपाल सरकारले व्यहोर्ने छ । क्वारेन्टिन अवधि पूरा गरी घर गए पछि पनि थप ७ दिन सम्म छुट्टै आइसोलेशनमा बस्नु पर्ने व्यहोरा पनि अवगत गराइएको छ ।

८) नेपाल सरकारले जारी गरेको उल्लेखित आदेश उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन–¬¬¬¬ २०२० तथा अन्य–¬¬¬¬ प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  २३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC