site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाँच्‍नका लागि लकडाउन उल्लंघन गर्नुको विकल्प छैन !
Sarbottam CementSarbottam Cement

चितवन ।  देशभर लकडाउन लागु गरिएको आज ६९ दिन पूरा भएको छ । सरकारले कारोना भाइरस नियन्त्रण र यसको जोखिम कम गर्न लकडाउन पटक-पटक थपिरहेको छ । लकडाउन थप्दै र कडा गर्दै गएको भनिए पनि चितवनमा यसको प्रभावकारिता कम हुँदै गएको छ ।

सुरुआती दिनहरुमा नागरिकले लकडाउनको पूर्णपालन गरेपनि पछिल्ला दिनहरुमा यसको उल्लंघन गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ ।

चितवनका मुख्य सहर नारायणगढसहित अन्य क्षेत्रहरुमा मानिसहरुको चहपहल बढ्दै गएको छ भने  अत्यावश्यक पसलबाहेक अन्य व्यवसाय समेत खुलिरहेको पाइएको  छ । लकडाउन थप्दै गएपछि र सरकारले विकल्पसमेत नदिँदा एकातिर व्यवसायीसँगै नागरिक समेत मारमा पर्दै गएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नारायणगढका एक व्यवसायी विष्णुप्रसाद कंडेल सरकारले लामो समयसम्म लकडाउन गर्दा र सरकारले विकल्प नदिँदा लकडाउन थप्नुको औचित्य नभएको बताउँछन ।

"साढे २ महिना हुन लागिसक्यो, न बैंकको व्याज तिर्न सकिएको छ, नत स्टाफलाई तलब दिन सकिएको छ," उनले भने । अबपनि सरकारले लकडाउन गरे यसको उल्लंघन गर्नेबाहेक विकल्प नभएको उनको भनाई छ । सरकारले कोरोना प्रभावित अन्य राष्ट्रले गरेको अभ्यास अनुसार कोरोना सुरक्षा मापदण्ड अपनाएर व्यवसाय खुलाउनु पर्ने धारणा राखे ।

Global Ime bank

जिल्ला प्रशासन कार्यालय, चितवनले लकडाउनमा कडाई गरेको दाबी गरेपनि व्यवहारमा भने कार्यान्वयन भएको देखिँदैन । सहरबजारमा बग्रेल्ती सवारीसाधन गुडिरहेको छन् भने ग्रामीण क्षेत्रमा समेत लकडाउनको पूर्णपालना गरेको पाइँदैन ।

"लकडाउनलाई हामीले थप कडाई गर्दै लगेका छौं," प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, "प्रहरीको आँखा छलेर , छिपेर हिड्ने पनि हुनसक्छन ।" प्रशासनलले भिडभाड नहोस् भनेर बिहानको १० बजेको समय र बेलुका ४ बजेपछि दुग्धजन्य वस्तु बिक्रीवितरण गर्न छुट गरेको छ भने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अन्य दैनिक उपभोग्य बस्तु किन्‍न र वित्तिय संस्थाको लागि केही खकुलो गरेको छ ।

जसका कारण दिउँसोको समयमा बढी सवारीसाधन र मानिसको चहलपहल बढी हुने गरेको हो । जिल्लामा प्रहरीले लकडाउनको कडाई गरिएको भनिए पनि जनशक्ति अभावका कारण जिल्लाका मुख्य चोक र बजार क्षेत्रमा बाहेक अन्य स्थानमा प्रहरीको उपस्थिति देखिँदैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइराला भन्छन् ,  "अन्य समय भन्दा दिउसोको समयमा बढी सवारी साधनको चहलपहल बढी नै छ । लकडाउन भने खुकुलो गरिएको होइन ।"

उनका अनुसार अत्यावश्यक काम र व्यवहारिक कारणले पनि दिउँसोको समय लकडाउनमा प्रहरीले त्यति कडाई नगरेको हो । "लकडाउन पालना गर्न-गराउन  प्रशासनबाट मात्रै  समाधान हुने विषय होइन । नागरिक पनि आफैं सचेत र संयम बन्‍नुपर्छ," कोइरालाले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement