site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटमा समेटिएको पर्वतीय खेल कार्यक्रम : आकाशको फल आँखा तरि मर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री युवराज खतिवडाले खेलकुद क्षेत्रको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्‍चालन गर्न बजेट विनियोजन गरेको घोषणा गरे । उनले खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्‍चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न बजेट विनियोजन गरेको पनि बताए । 

यसअघि उच्च पर्वतीय प्रशिक्षण केन्द्रबारे धेरै अध्ययन र छलफल भने नभएका होइनन् । यसको सम्भावनाका विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभन्‍न संघसंस्थाहरुले अध्ययन गरेका थिए । यसैका लागि भन्दै सरकारले वर्षेनी बजेट समेत विनियोजन गर्दै आएको थियो । बजेट विनियोजन भए पनि काम भने सुरु हुन सकेन । जस कारण यस शीर्षकमा छुट्याइएको बजेट 'फ्रिज' हुँदै आएको थियो ।

तर, पहिलो पटक कर्णाली प्रदेश भन्दै तोकेरै छुट्याइएको यस बजेटले मुर्त रुप लिनेमा कर्णालीबासीहरु आशावादी छन् । कर्णाली प्रदेशलाई सरकारले खेलकुदमा पहिलो पटक समेट्दा खेलाडीहरु निकै उत्साहित भएका छन् । तर, सरकारी कार्यलाई ओलम्पियन धावक हरिबहादुर रोकायाले ‘आकाशको फल आँखा तरि मर’ उखानको संज्ञा दिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सरकारले उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि बजेट विनियोजन गरे पनि काम हुने-नहुनेमा उनले शंका व्यक्त गरे । “सरकाले बजेट त छ्ट्याएको छ । तर, नेपालको राजनीतिले यसलाई कहाँसम्म पुर्‍याउने हो पत्तो छैन्,” कीर्तिमानी धावक रोकायाले भने, “यसअघि पनि धेरै पटक उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि भन्दै बजेट नछुट्याइएको होइन । तर, यस पटक कर्णाली प्रदेश नै भन्दै तोकेको छ । हाम्रै प्रदेशलाई भनेर छुट्याएको बजेट सही ठाउँमा लाग्छ भन्‍ने आशा लिएको छु ।”

उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि कर्णाली प्रदेशको जुम्ला सदरमुकाम र गुठिचौर  सबैभन्दा उपयुक्त स्थान मानिन्छन् । तर, बजेटले कर्णाली प्रदेशको कुन क्षेत्र र ठाउँलाई समेट्ने हो त्यो भने अझै टुंगो लाग्‍न बाँकी छ । 

Royal Enfield Island Ad

“बजेट कर्णाली प्रदेशको कुन ठाउँमा जान्छ, सरकारले कसरी काम गर्छ । त्यो अझै बाँकी नै छ । किनकि कर्णाली प्रदेशको उच्च पर्वतीय क्षेत्रमा जुम्ला, हुम्ला, डोल्पा र कालिकोट पनि पर्छन्,” उनले भने, “तर, सबैभन्दा उच्च पर्वतीय प्रशिक्षण केन्द्र बन्‍ने सम्भावना भएको जिल्ला जुम्ला हो ।”

कर्णाली प्रदेशबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन् । कीर्तिमानी धावक रोकायाले पनि हाई-अल्टिच्युडमै प्रशिक्षण गरेका थिए । सुनमाया बुढा, दुर्गा बुढा, रेजिना, पुर्ण, लक्ष्मीजस्ता खेलाडी कर्णाली प्रदेशको जुम्लामा प्रशिक्षण गरेका खेलाडी हुन् । यीमध्येबाट धेरै खेलाडीले अन्तर्राष्ट्रिय यात्रा गर्दै पदक समेत भित्र्याइसकेका छन् । जुम्लामै उच्च पर्वतीय प्रशिक्षण केन्द्र बने सबैका लागि उपयुक्त स्थान हुने रोकायाको विश्वास छ । 

“प्रशिक्षण केन्द्र जुम्लामै भयो भने झनै राम्रो हुनेछ । यो स्थान प्रशिक्षण गर्न र अन्य व्यक्तित्वका  लागि समेत उपयुक्त हुनेछ । तर, त्यो बजेट कर्णालि प्रदेशलाई भनेर प्रदेशको अन्य कुनै कुनामा दियो भने एक क्षणको खुसी मात्रै हुनेछ,” उनले भने ।  

पहिला छुट्याइएको बजेटले अहिलेसम्म त्यस्तो कुनै कार्य नै गर्न सकेन । पहिलो पटक कर्णाली प्रदेशलाई भन्दै छुट्याइएको बजेटले जुम्लाका दुई स्थानमा उच्च पर्वतीय प्रशिक्षण केन्द्र निर्माण गर्न सकिने छ । बसोबास, हावापानी र खानपिनको हिसाबमा पनि जुम्ला उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि उपयुक्त स्थान रहेको उनको बुझाइ छ । “आशा गरौं प्रशिक्षण केन्द्र जुम्लामै हुनेछ । यसका लागि जुम्लाका दुई स्थानलाई छनोट गर्न सकिन्छ । तर, सदरमुकामका थोरै जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ,” रोकायाले भने ।

उनले जुम्लामा नभएपनि खेलकुद पूर्वाधार नभएको कर्णालीको कुनै पनि स्थानमा भए प्रदेशवासी नै धेरै खुसी हुने उनको भनाई छ । 

यसले देशलाई नै फाइदा 

सुन्दरताले समेत भरिएका कर्णाली प्रदेशको माथिल्लो स्थानमा उच्च पर्वतीय प्रशिक्षण केन्द्र बन्दा यसले देशलाई नै ठूलो फाइदा पुर्‍याउने छ । भ्रमण वर्षको नाममा करोडौं पैसा खर्च भइरहेको बेला उच्च पर्वतीय प्रशिक्षण केन्द्रले अझै टेवा पुर्‍याउने छ । 

अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सकियो र यसलाई प्रचारप्रसार गर्न सके विश्वभरका खेलाडी समेत प्रशिक्षणका लागि आउनसक्ने अवस्था सृजना हुनेछ । “कर्णालीमा अन्तर्राष्ट्रियस्तरको उच्च पर्वतीय प्रशिक्षण केन्द्र बनाएर त्यसको प्रचारप्रसार गर्न सक्यो भने यसले देशलाई नै फाइदा पुर्‍याउने छ,” उनले भने, “यहाँ प्रशिक्षणका लागि विश्वभरबाट खेलाडी आउनेछन् । यहाँ सबै खाले इन्डोर खेलका प्रशिक्षण केन्द्र निमार्ण गर्न सकिन्छ । आउटडोरमा दौडका सबै विधा, साइक्लिङ र ट्राइथलनका लागि सबैभन्दा उपयुक्त छ ।” 

उनले थपे, “अर्को देशलाई हुने फाइदा भनेको धेरै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने छ । जसले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउँदै पदक जितेर नेपाललाई विश्वसामु चिनाउन मद्दत गर्नेछ ।” दुई सय मिटरको आफ्नै ट्रयाक बनाएर प्रशिक्षण दिइरहेका रोकायाले बाग्‍लुङ र विदेशीहरु फ्रान्सबाट प्रशिक्षणका लागि खेलाडी आएको बताए । 

“रारा घुम्‍न आएका दुई जना फ्रान्सेली पर्यटनले हामीलई प्रशिक्षण गरिहेको देख्दा उनीहरु पनि आए । उनीहरुले एक साता प्रशिक्षण गरेका थिए,” उनले भने, “फ्रान्सेलीले मलाई भनेका थिए । यहाँ धेरै गाह्रो हुँदो रहेछ । यहाँ प्रशिक्षण गर्ने खेलाडीले विश्वको कुनै पनि देशमा गएर पदक जित्न सक्छन् ।”

अल्ट्रा धाविका मिरा राईका छ जना प्रशिक्षार्थीसमेत प्रशिक्षणका लागि जुम्ला पुगेको उनले बताए । उनीहरुलाई पनि एक महिना अल्टिच्युड पचाउन समय लागेको रोकायाले सुनाए । 
 
तर, जुम्लामा अन्तर्राष्ट्रिय स्तरको उच्च पर्वतीय प्रशिक्षण केन्द्र बनाउन त्यती सजिलो भनेछैन । जसका लागि विभिन्‍न अन्तर्राष्ट्रिय नियम पुगेका प्रशिक्षण केन्द्रसँगै अस्पताल र डाक्टर हुन अत्यावश्यक हुन्छ । तर, डाक्टर जान नमान्‍ने तथा सिटामोलसमेत नपाइएका समाचार सञ्‍चारमाध्यममा  बारम्बार आइरहेका बेला यो कार्य त्यती सजिलो भने छैन । 

उच्च पर्वतीय प्रशिक्षण केन्दको आवश्यकता किन ?

उच्च स्थान अर्थात हिमाली क्षेत्रमा प्रशिक्षणका लागि निर्माण गरिएका प्रशिक्षण केन्द्रलाई उच्च पर्वतीय प्रशिक्षण केन्द्र भनिन्छ । समुन्द्री सतहबाट जति उचाई बढ्दै गयो त्यति अक्सिजनको मात्रा कम हुन्छ । अक्सिजनको मात्रा कम भएको स्थानमा खेलाडीले प्रशिक्षण गर्दा अक्सिजनको मात्रा बढी भएको स्थानमा उनीहरुको प्रर्दशन राम्रो हुने आँकलन गरिएको छ । 

अक्सिजनको मात्र कम हुँदा प्रशिक्षण गर्न निकै नै गाह्रो हुन्छ । जसले त्यहाँ प्रशिक्षण गरेका खेलाडीलाई अन्य क्षेत्रमा गएर प्रशिक्षण गर्न र प्रतियोगिता खेल्दा धेरै सहज हुने गर्छ । 

“उच्च क्षेत्रमा प्रशिक्षण गर्दा अक्सिजनको मात्रा कम हुन्छ र खेलाडीलाई प्रशिक्षण गर्न गह्रो हुन्छ । तर, तिनै खेलाडी अक्सिजनको मात्रा बढी भएको क्षेत्रमा गएर प्रतियोगिता खेल्दा उनीहरुको प्रदर्शन राम्रो हुन्छ,” धावक रोकायाले भने, “जुम्लामा एक घण्टा दैडिन सक्ने खेलाडीले तराईमा गएर तीन घण्टा दौडिन सक्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro