site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमित ५ हजार पुग्‍ने अनुमान, सरकारको तयारी यस्तो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोरोना संक्रमितका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको हो । महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार सुरुमा कोरोना भाइरसको संक्रमण नेपालमा एक हजार ५ सय जनामा देखिने अनुमान गरी सोहीअनुसार काम गरिएको थियो । “अब भने पाँच हजार संक्रमित पुग्ने अनुमान गरेका छौं,” उनले भने, “त्यसैले स्वास्थ्य सामग्री बढाउनुपर्नेमा पुनरावलोकन गरेका छौं ।”

कोरोना रोकथाम र नियन्त्रणमा खरिद गरिएका सामग्री 
सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि हालसम्म ९२ करोडको स्वास्थ्य सामग्री प्राप्त गरिसकेको छ । महाशाखाका निर्देशक डोटेलका अनुसार हालसम्म  थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) एक लाख थान प्राप्त भएको छ । जसमा ८८ हजार प्रदेशलाई पठाइसकेको छ । “हाल १२ हजार मौज्दात छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

१ लाख २८ हजार पीसीआर किट प्राप्त भएको उनले जानकारी दिए । डोटेलका अनुसार ७८ हजार किट विभिन्न जिल्लामा गएका छन् जसमध्ये अहिले ५० हजार मौज्दात छ ।

“स्वास्थ्यकर्मी र चिकित्सकको सुरक्षाका लागि एक लाख ४६ हजार थान पीपीई प्राप्त भएको छ, जसमा प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत ५४ हजार पीपीई वितरण भएका छन्,” उनले भने, “अहिले ९२ हजार पीपीई सेट मौज्दात छ ।”

Global Ime bank

त्यसैगरी, आरडीटी एक लाख ७५ हजार प्राप्त भएको थियो । जसमा ८० हजार प्रदेश र जिल्लामा गएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार हाल सर्जिकल मास्क १५ लाख, एन ९५ मास्क एक लाख ८० हजार, पञ्जा २ लाख ७८ हजार, सुज कभर ५३ हजार, सर्जिकल क्याप १७ हजार र आईआर थर्मोमिटर ६ सयवटा छन् । 

हालसम्म प्रदेश र स्थानीय तहका अस्पतालमा सर्जिकल मास्क १७ लाख, एन ९५ मास्क ५२ हजार थान, स्यानिटाइजर १० हजार बोतल पठाइएको महाशाखाका निर्देशक डोटेल बताउँछन् ।

प्रदेश निर्देशनालयको आपूर्ति केन्द्रमार्फत आवश्यक स्वास्थ्य सामाग्रीहरू प्रत्येक जिल्ला र अस्पतालमा जाने गरेका छन् । तर केन्द्रीय अस्पताल र संक्रमण देखिएका अस्पताललाई  केन्द्रबाटै स्वास्थ्य सामग्री पठाउने गरिएको महाशाखाले जनाएको छ ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले किनेको तथा सहयोगबाट आएका स्वास्थ्य सामग्रीलाई पारदर्शी रूपमा वितरण गरिँदै आएको डोटेलले दाबी गरे । उनले भने, “सरकारले किनेको तथा अन्तर्राष्ट्रिय दातृ निकाय, संघ–संस्थाले प्राप्त भएको स्वास्थ्य सामग्री व्यवस्थित गरेर राख्नेछौं ।”

थप खरिद प्रक्रियामा रहेका स्वास्थ्य सामग्री
सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ६६ करोडको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा रहेको निर्देशक डोटेलको भनाइ छ ।

“दुई लाख पाँच हजार भीटीएम खरिद प्रक्रियामा छ,” उनले भने, “पीपीई सेट एक लाख ७५ हजार थान खरिद प्रक्रिया थप अघि बढेको छ ।” उनले आरडीटी किट एक लाख २१ हजार खरिद प्रक्रियामा अघि बढेको बाह्रखरीलाई जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC