site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्यकर्मीलाई आईसीयू उपचार तालिम
Sarbottam CementSarbottam Cement

कास्की । गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड-१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा कसरी उपचार गर्ने भनेर तालिम दिन सुरु गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सञ्चालन गरिएको  तालिममा जिल्ला अस्पताल, लेखनाथ लायन्स अस्पताल र मातृशिशु मेमोरियल अस्पतालका ६३ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड-१९ को सङ्क्रमण देखिएका सम्भावित जटिल अवस्थाका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले अहिलेदखि नै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्‍न तालिम दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । सहभागीहरुलाई विभिन्‍न समूह बनाएर सामाजिक दूरी कायम गरी व्यवस्थापन तालिम दिएको उनले बताए ।

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीलाई जिल्लामै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको बताउँदै उनले गम्भीर र जटिल अवस्थाका बिरामीलाई स्वास्थ्यकर्मीको टोलीले नै आईसीयूमा कसरी उपचार व्यवस्थापन गर्ने भन्नेबारेमा विशेषज्ञ चिकित्सकले जानकारी गराउने उनको भनाइ छ । 

Global Ime bank

“सामान्य केस म्यानेज भइहाल्छ तर केस जटिल भए क्रिटिकल केयरमा लैजानुअघि कसरी हस्पिटलको टिमले म्यानेज गर्ने भनेर तालिम दिन लागेका हौँ,” निर्देशक शर्माले भने, “जटिल बिरामी हुँदा साथ एकजना व्यक्तिले कसरी हेर्ने, समग्र टिमले कसरी म्यानेज गर्ने र आईसीयू व्यवस्थापन र यहाँको इस्युहरु के-के हुन्छन् भनेर सिकाइनेछ ।”

आइतबारदेखि सुरु तालिममा प्रत्येक जिल्लाबाट दुई मेडिकल अफिसर, दुई नर्सिङ र एक पारामेडिकलका स्वास्थ्यकर्मीलाई सघन उपचारकक्ष व्यवस्थापनसम्बन्धी ज्ञान दिइनेछ । गण्डकी प्रदेश सरकारले यसअघि नै सबै जिल्ला अस्पतालमा आईसीयू कक्ष निर्माण गर्ने निर्णय गरेको र कोभिड-१९ सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई जिल्लास्थित आईसीयू कक्षमा उपचार व्यवस्थाका लागि अहिलेबाट स्वास्थ्यकर्मीलाई तयार पार्न लागिएको निर्देशनालयले जनाएको छ । 

प्रदेश सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्लामा ४० वटा आईसीयूकक्ष स्थापना गर्ने गरी बजेट विनियोजन गरिसकेको छ । मनाङ र मुस्ताङमा दुई-दुई तथा अन्य जिल्लामा चार-चारवटा कक्ष निर्माण गर्ने सरकारको योजना छ । -रासस

प्रतिकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC