site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राजाको तस्बिर भएका नोट बजारमा नपठाउन राष्ट्र बैंकको निर्देशन, च्यातिएका र केरिएका नोट नचल्‍ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व राजाको तस्बिर भएको नोट पुनः प्रयोगमा रोक लगाएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

परिपत्रअनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा पठाउन पाउने छैनन् । त्यसमा राजाको तस्बिर अंकित नोट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न निर्देशन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोषमा जम्मा गर्नुपर्ने छ ।

Global Ime bank

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ । जसमा एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ ।

राष्ट्र बैंकले नोटको जतनको लागि नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न पनि भनेको छ । चलनचल्तकिा लागि पठाउने नोटलाई निर्मुलीकरण अनिवार्य रुपमा गर्नुपर्ने छ ।

यस्तो छ परिपत्र 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय