site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रेस कार्ड बोकेर चोरी गर्ने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रेस कार्ड बोकेर चोरी गर्दै आएका दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं धुम्बाराही बस्दै आएका २१ वर्षीय आश्रय रिजाल भन्ने हिमाल रसाइली र काठमाडौं ओमबहाल बस्दै आएका २८ वर्षीय अलि आलम मिया छन् । उनीहरुलाई चावहिल भत्केको पुलबाट महानगरीय अपराध महाशाखा र वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले सिनामंगलस्थित एक ब्बाइज होस्टेलबाट ४ थान ल्यापटप चोरेका थिए । यस्तै गत चैत २४ गते  भत्केको पुलस्थित डाक्टर सुबिन मानन्धरको घरबाट ल्यापटप,आइप्याड चोरी गरेको खुलेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजबाट उनीहरुलाई पत्ता लगाएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार अनुन्धानका क्रममा एभेन्जर मोटरसाइकल रोकेर सोधपुछ गर्दा उनीहरुले प्रेस कार्ड देखाएका थिए ।

शंका लागेर उनीहरुको झोला चेक गर्ने क्रममा ल्यापटप, मोबाइल, क्यामेरा, ५३ हजार नेपाली रुपैयाँ, ३ सय अमेरिकन डलर, चाइनिय युयान २ सय बरामद भएको छ । उनीहरुका साथबाट प्रेस कार्ड समेत बरामद गरिएको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC