देश
पर्वत । पर्वतमा १२ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका ७ का ६५ वर्षीय रमाकान्त शर्मा छन् ।
आफ्नो पसलमा सामान किन्न आएको समयमा शर्माले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जिल्ला अदालत पर्वतबाट बालयौन दुरुपयोग मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७ १३:०७
प्रतिक्रिया दिनुहोस्