site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सगरमाथाको उचाइ नाप्‍न बेस क्याम्पबाट हिँड्यो चिनियाँ टोली

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा रोक लगाएको बेला चिनियाँ टोली भने उचाइ नाप्‍न आरोहण गरेको छ । यसअघि बेस क्याम्पबाट अघि बढेको चिनियाँ टोली खराब मौसमका कारण फेरि बेस क्याम्पमै फर्किएको थियो । 

६ मेमा सगरमाथाको उचाइ नाप्‍न चिनियाँ टोली पुन: बेस क्याम्प पुगेको थियो । ६ हजार ५०० मिटरको बेस क्याम्पमा ३० जनाको नापी टोली चीनको स्वशासित क्षेत्र तिब्बतबाट ५ मेमा हिँडेको थियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार फेरि चिनियाँ सर्भेयरको टोली बेस क्याम्पबाट शनिबार दिउँसो २ बजे शिखरतर्फ आरोहण गरेको हो । मौसमले साथ दिएमा २२ मे अर्थात् शुक्रबार बिहानसम्म सर्भेयरको टोली शिखरमा पुग्‍ने पर्वतारोहण प्रशासनिक केन्द्रका कार्यकारी निर्देशक वाङ योङफेङले सिन्ह्वालाई बताएका छन् । 

सगरमाथाले नेपाल-चीन सीमा छुट्याएको छ । दुवै मुलुकले कोरोना संक्रमणका कारण यस वसन्तको आरोहण रद्द गरेका छन् । 

चीनले अमेरिकी ग्लोबल पोजसनिङ सिस्टमको विपक्षी बाइडु स्याटेलाइट नेटवर्कलाई सगरमाथाको उचाइ नाप्‍न प्रयोग गरिने बताइएको छ । सगरमाथाको उचाईसँगै हिउँको गहिराइ, मौसम र वायुको गतिसमेत मापन गरिने बताइएको छ । जसले हिमपहिरो र पर्यावरणीय परिवर्तनको अवस्थाको पूर्वानुमान गर्न सहज हुने बताइएको छ । 

चीनले  चिनियाँ भाषामा भनिने चोमोलोङमाको उचाइ मापनका लागि छ वटा सर्भे गरेको छ । जसअनुसार सन् १९७५ मा मापन गर्दा आठ हजार ८४८ मिटर र सन् २००५ मा आठ हजार ८४४ वर्गमिटर कायम गरिएको थियो । 

सन् २०१९ मा सगरमाथा आरोहण गर्नेको संख्या धेरै हुँदा लाइनमा बस्‍नु परेको र मानिसहरुको मृत्यु भएको थियो । गत वर्ष ८७६ जनाले सगरमाथा आरोहण गर्ने हिमालयन डाटाबेसले जनाएको छ । 

यस वर्ष सगरमाथा आरोही नहुँदा शेर्पा गाइडलाई समस्या भएको बताइएको छ । 

२२ मे, २०१९ मा सगरमाथाको उचाइ नाप्‍न खटिएको नेपाली नापी विभागको टोली शिखरमा पुगेको थियो । विभागका उपसचिव खिमलाल गौतम नेतृत्वमा गएको टोली २२ मे बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेको बताइएको थियो । टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङ जाङ्बु शेर्पालगायतले शिखरमा पुगेर जीएनएनएस जीपीएस सेट गर्ने काम सम्पन्न गरेको बताइएको थियो । - एपीको सहयोगमा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro