site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौंमा गाडी चलाउने समय तोकियो, पानी र स्वास्थ्यका सवारी दिनभर चल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनको समयमा काठमाडौं उपत्यकामा चल्ने गाडीका लागि निश्चित समय निर्धारण गरिएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबारबाट लागु हुने गरी यो व्यवस्था लागु गरिएको हो । उपत्यका बाहिरबाट निर्माण सामग्री बोकेका ट्रक-टिपर राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै प्रवेश गर्न पाउनेछन् । 

यस्तै निर्माण सामग्री बोकेका सवारी दिनको समयमा रिङरोडभित्र प्रवेश नपाउने तर बाहिर चल्न पाउने छन् । रिङरोडभित्र भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै चल्न पाउने महाशाखाले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निजामती-सरकारी कार्यालयका कर्मचारीका सवारी बिहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म चल्न पाउने व्यवस्था गरिएको छ । 

बैंक तथा वित्तिय संस्थाका कर्मचारीको हकमा बिहान ९ बजेदेखि १०:३० बजेसम्म,बेलुका ३ : ५० देखि ५ बजेसम्म सञ्चालन हुन पाउनेछन् । त्यसमा सम्बन्धीत कार्यालयको पत्र भने हुनुपर्नेछ । 

Global Ime bank

खाद्यान्न, तरकारी, फलफूल, इन्धन, ग्यासका सवारी बिहान ४ बजेदेखि १० बजेसम्म, स्वास्थ्य, औषधी, पानी, राहतका सवारीसाधन दिनभरी, सरकारले तोकेका ४४ किसिमका उद्योग कलकारखानाका सवारी नियमन निकाय वा सम्बन्धित उद्योग वा संस्थाको आधिकारीक पत्र बोकेर चल्न पाउने र अन्य सवारीको हकमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास हुनुपर्ने व्यवस्था गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement