site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
  नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतलाई सरकारको आग्रह 

काठमाडौं । नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्‌घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत सरकालाई नेपाली भूमिभित्र कुनै पनि गतिविधि नगर्न आग्रह गरेको हो । 

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार राजधानी नयाँ दिल्लीबाट भिडियो कन्फरेन्समार्फत पिथौरागढ-लिपुलेक हुँदै मानसरोवर जाने बाटोको उद्‌घाटन गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसको विरोधमा प्रदर्शनहरु हुन थालेपछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिजारी गर्दै भनेको छ, "भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा थाहा पाउँदा दुःख लागेको छ ।"

नेपालले सन् १८१६ कै सुगौली सन्धिअनुसार गतिविधि गरिरहेकोले एकलौटीरुपमा उक्त क्षेत्रमा कुनै गतिविधि नगर्न परराष्ट्र आग्रह गरेको छ ।

परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, "नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन् ।  यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्बोधन गर्दै आएको छ ।"

३ नोभेम्बर २०१९ मा कालापानी, लिपुलेक र लिम्पिया धुरा समेतटेर आफ्नाो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १५:४५
प्रतिक्रिया दिनुहोस्