site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दार्चुलाका चार ठाउँमा बीओपी राख्ने तयारी
Sarbottam CementSarbottam Cement

दार्चुला । भारतसँग सीमा जोडिएका दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने तयारी गरिएको छ । 

गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले दार्चुलाका थप नयाँ तीन ठाउँमा बीओपी राख्ने तयारी गरिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले सोसम्बन्धी कार्ययोजनाका खाका तयार पारेर माथिल्लो निकायमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

दार्चुलाको लेकम गाउँपालिका ३ लाली, मालिकार्जुन गाउँपालिका ७ जोलजीवी र व्यास गाउँपालिका २ दुम्लिङमा सशस्त्र प्रहरीको बीओपी राख्न सकिने कार्ययोजना पठाइएको उनले बताए । यसअघि दार्चुलाको व्यास गाउँपालिका १, छाङ्गरुमा बीओपी राख्ने निर्णय भइसकेको छ । सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरीलाई भारतसँग प्रत्यक्ष सीमा जोडिएका क्षेत्रमा परिचालन गर्न लागिएको हो । 

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बीओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बीओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० वटा पुर्‍याउने तयारी गरेको छ । 

Global Ime bank

नेपालतर्फको सीमानाकामा भारतको ५३० बीओपी छन् । नेपाल सरकारले पनि सोही अनुपातमा बीओपी थप्ने तयारी गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले बीओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायत विषयमा जानकारी गराइसकेको छ । 

कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोस्टलाई बीओपीमा रुपान्तरण गर्ने सरकारी तयारी छ । सीमा सिलका लागि धनगढी महेन्द्रनगरबाट जिल्लामा ल्याइएको थप जनशक्तिलाई नयाँ स्थापना हुने बीओपीमै राख्ने कार्ययोजना छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC