site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तेस्रो देश र भारतबाट प्रदेश १ छिरेका दुई लाख मानिस कहाँ छन् ?
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश सरकारको निष्कर्ष छ ‘विदेशबाट फर्किएका मानिसहरूबाटै प्रदेश १ मा कोरोना संक्रमण फैलन गएको हो ।’ 

कोरोनाको केन्द्र मानिएको उदयपुरको त्रियुगा नगरपालिका ३ मा अवस्थित भुल्के क्षेत्रको स्थलगत निरीक्षणका क्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनुमान गरिएभन्दा भिन्न तथ्य स्थानीय बासिन्दामाझ राखिदिए । 

उनले ‘अनुमान गरिएजस्तो भारतबाट आएका मुस्लिम जमाती रोग फैलाउने कारक होइनन् बरु विदेशबाट आएका नेपाली संक्रमित युवाहरूबाटै रोग सरेको हो’ भन्ने तथ्य सार्वजनिक गरे ।

Agni Group

सरकारको यो निष्कर्षले भुल्केको नुरी मस्जिदमा बसेका र संक्रमित पाइएका जमातीहरू रोग सार्ने कारण ठहरिएनन् । जमातीले दाबी गरेजस्तै उनीहरू चार महिनाअघि नै दिल्लीबाट नेपाल आएको सरकारको पनि ठहर छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार महानगरको पहलमा जमाती बसेको र उनीहरूको सम्पर्कमा आएका विराटनगरको रानी मरकजका ९६ जनामा समेत परीक्षण गर्दा कोरोना देखिएन । 

प्रदेश १ का तीनवटा जिल्ला उदयपुरमा (२८ जना), भोजपुरमा (एकजना) र झापामा (एकजनमा) गरी प्रदेशभर ३० जनामा कोरोनाको संक्रमण देखिएको छ । यसको कारक विदेशबाट आएकाहरू नै भएको पुष्टि पनि भइसकेको छ । प्रदेश १ मा कोरोना संक्रमण भए नभएको परीक्षण दर बढ्दै जाँदा संक्रमितहरूको संख्या पनि थपिन पुगेको छ । 

Global Ime bank

परीक्षणले लकडाउन सुरु हुनु एक साताअघि वा आसपास आएका युवा कोरोना संक्रमित भएको देखाउँछ । उनीहरूबाट परिवारमा र सम्पर्कमा आएकाहरूमा पनि रोग सरेको देखिन्छ । तर यो अवधिमा तेस्रो देशबाट मात्र नभएर भारतबाट समेत विभिन्न नाका हुँदै मानिसहरू ह्वारह्वारती छिरेका थिए । अब प्रश्न उठ्छ विदेश र खुला सीमा हुँदै भारतबाट प्रदेश १ पसेका मानिसहरू कहाँ छन त ?

उदयपुरको भुल्केबाट रोजगारीको सिलसिलामा दुबई र भारत गई गाउँ फर्किएका दुई युवाबाट अन्यमा कोरोना फैलियो भने झापाको दमकमा विदेशबाट आएका युवाका ६२ वर्षीय बुबामा संक्रमण देखियो ।

भोजपुरको हतुवगढीका युवा आफैं संक्रमित भेटिए । तर, उनीहरू जस्तै यही अवधिमा स्वदेश फर्किएका मानिस कुन हालतमा कहाँ छन् भन्ने यकिन जानकारी न प्रदेश सरकारसंग छ नत स्थानीय तहले नै यसको लगत राखेका छन् । 

फागुन २५ गतेयता नेपाल प्रवेश गर्नेहरूको प्रदेश १ का दुई नाका रानी विराटनगर र काँकडभिट्टामा ज्वरोसम्म जाँचेर संख्या टिपोट गर्ने काम भयो । उनीहको नाम, ठेगाना र सम्पर्क नम्बर राखिएन । तेस्रो मुलुकबाट गाउँ पसेका र भारतबाट फर्किएका धेरै मानिसको लगत स्थानीय तहले राखेनन् । बरु लकडाउनको सात दिन नबित्दै मानिसहरू समस्यामा परेको भन्दै राहत वितरण गर्नतिर लागे । यद्यपि अहिले पनि यो क्रम जारी छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्यांकले लकडाउनअघि र त्यसलगत्तै २ लाख ५ हजार ७ सय ८५ जना मानिस प्रदेश १ भित्रिएको देखाउँछ । तर, उनीहरूको वर्तमान अवस्था, बसाइ र थप जानकारी भने कतै पनि छैन । जिल्लास्थित प्रहरी कार्यालयले क्वारेन्टाइनमा बसेका मानिसहरूको विवरणसम्म अध्यावधिक गरेका छन् । यो काम प्रदेश सरकारले पनि गरिरहेको छ ।

कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले प्रदेशभरिका संक्रमितको कोसी अस्पतालमा उपचार भइरहेको जानकारी दिएकी छन् । तिनमा हालसम्म कुनै लक्ष्यण नदेखिएको बताउँदै भनिन्, “उहाँहरूमा कोरोनाको लक्ष्यण देखिएको छैन । हामीले निगरानीमा उपचार गरिरहेका छौं ।” चिकित्सक मिश्रले लक्षण नदेखिने संक्रमितका कारण रोग फैलन डर झन् धेरै हुने भएकोले अधिकभन्दा अधिक परीक्षण हुनुपर्ने बताइन् । 

क्वारेन्टाइनमा बस्ने थपिएको थपियै
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिारबारसम्म १२ सय ४ जना पुगेको छ । १४ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा जम्मा १ सय २९ महिला र १ हजार ७५ जना पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् । गत चैत ३० गतेसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ५ सय ९० जना थियो । 

होम क्वारेन्टाइनमा जम्मा ५ हजार ७ सय १५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला १ हजार ३ र पुरुष ४ हजार ७ सय १२ जना रहेका छन् । सरकारको तथ्यांकले पनि क्वारेन्टाइनमा बस्नेको संख्या दिनानुदिन थपिएको देखाएको छ ।

झापाको दमकमा संक्रमित भेटिएपछि नगरपालिकाले वडालाई नै पूर्ण लकडाउन गर्दै आउजाउनमा निषेध गरेको छ । दमक नगरपालिका उपप्रमख गीता अधिकारी भन्छिन्, “विदेशबाट आएका युवाबाट नै संक्रमण परिवारमा सरेको हाम्रो निष्कर्ष छ । त्यही भएर सभ्भावित जोखिम बढ्न नदिन वडालाई नै उच्च निगरानीमा राखेका छौं । अब परीक्षणको दर पनि बढाउनुपर्ने देखिएको छ ।” नगरले व्यवस्थापन गरेका क्वारेन्टाइनस्थलमा बस्नेको संख्या उल्लेख्य छ । सामाजिक विकासमन्त्री घिमिरे भने बाहिरबाट आएका धेरै मानिस क्वारेन्टनाइमै बसेको दाबी गर्छन् ।

परीक्षणदर बढाउँछौं : मुख्यमन्त्री राई
गृहजिल्लामा कोरोना संक्रमण देखिएपछि निरीक्षण र स्वास्थ्य सामग्री प्रदान गर्न भोजपुर पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रोगको रोकथामको प्रदेश सरकारले सक्दो तयारी गरेको जानकारी गराए । उनले जिल्लामा भइरहेको कामलाई अझ तीव्रता दिनुपर्नेमा जोड दिए । भने, “तीनवटा जिल्लामा संक्रमित फेला परेका छन् । हामीले परीक्षणलाई बढी ध्यान दिएका छौं अब यसको परिमाण बढाउनुको विकल्प छैन ।”

सरकारका तर्फबाट हुतवागढी गाउँपालिकालाई थर्मगन ४ थान, पीपीई, १० थान, एन ९५ माक्स ५० थान सेनिटाइजर ६० थान, पञ्जा एक हजाार थान, भीटीएम र आरडीटी किट एक–एक सय हस्तान्तरण गरियो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले स्वास्थ्य सामग्री अभावमा धेरै गर्नुपर्ने काम हुन नसकेको त्यस अवसरमा मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए । 

प्रदेश १ मा द्रुत परीक्षण विधिबाट शनिबारसम्म जम्मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको छ । द्रुत विधि (आरडीटी) बाट ४ हजार २ सय ९८ जनाको नमुना संकलन भई परीक्षण भएको छ । परीक्षण गरिएकामा महिला ७ सय ७ र ३ हजार ५ सय ९१ पुरुष छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार द्रुत परीक्षण विधि (आरडीटी) बाट महिला ७ सय २ र पुरुष ३ हजार ५ सय ८६ जनासमेत गरी जम्मा ४ हजार २ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरतर्फ भने जम्मा ९ सय १४ जनाको नमुना परीक्षणमा पठाइएको छ । जसमा १ सय १० महिला र ५ सय ८९ पुरुष गरी जम्मा ६ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC