site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानव अधिकार आयोगको कार्यालयमा द्वन्द्वपीडितको धर्ना
Tiktok banner adTiktok banner ad

काठमाडौं । दशवर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । संक्रमणकालीन न्याय टुंग्याउन बनाइएका दुई आयोगमा सिफारिस नामप्रति असन्तुष्टि जनाउँदै उनीहरूले आइतबार आयोगमा धर्ना दिएका हुन् ।

आयोगका तर्फबाट सिफारिस समितिकी सदस्य लिली थापाले दलगतरूपमा आएका नाम सिफारिस गरेको पीडितहरूको आरोप छ । द्वन्द्वपीडित सुमन अधिकारीले आफूहरूका माग सम्बोधन नभए कार्यालयमा ताला लगाउने र समानान्तर सत्यनिरुपण आयोग बनाएर आगाडि बढ्ने चेतावनी दिए ।

उनीहरूले दलका कार्यकर्ता सिफारिस नगर्न दबाब दिएर शनिबार माइतीघरमा विरोध र्‍याली निकालेका थिए ।

यसअघि, द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलीय भागबन्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्न ध्यानाकर्षणपत्र बुझाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro