site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमणको पुष्टि थप दुई स्थानबाट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना भाइरस  संक्रमण देखिएका नमुनाको पुष्टि गर्न थप दुई स्थान तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर मेसिनमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएमा पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालाले एकिन गर्ने मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने प्रक्रिया झन्झटिलो र लामो हुने हुँदा आजबाट पूर्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पश्चिमको नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालाले नै अन्य पीसीआरबाट आएका नमुना परीक्षण गरेर पुष्टि गर्ने कार्य तोकिएको छ ।”

यसअघि आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिँदा पुनः पीसीआरमा परीक्षण गर्दा समेत पोजेटिभ देखिएमा थप एकिन गर्न काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC