site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पीसीआर टेस्ट र र्‍यापिड टेस्ट परीक्षणमा यस्तो छ फरक 

काठमाडौं । कोभिड १९ भए नभएको परीक्षण गर्ने वल्र्ड स्ट्यान्डर विधि भनेको पीसीआर परीक्षण हो । यो परीक्षण भनेको रियल टाइम तथा पोलिमरेस चेन रिएक्सन हो । यस विधिमा जुन नमुना हामीले संकलन गर्छौं, त्यो नमुनामा जिनका टुक्राहरू छन् कि छैनन् भनेर परीक्षण गरिन्छ । त्यो नमुनामा जिनका टुक्राहरू छन् भने त्यो ठाउँमा भाइरस छ भन्ने प्रमाणित हुन्छ । त्यसैले त्यो परीक्षणबाट नमुना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन भनेर पत्ता लाग्छ । यदि भाइरस छ भने संक्रमण भएको पुष्टि हुन्छ ।

कोरोना भाइरस (कोभिड–१९) को मानिसको शरीरमा प्रवेश गरेको अवस्थामा व्यक्तिको शरीरमा दुई वटा एन्टिबडी बन्छ ।  सुरुमा बन्ने भनेको आईजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आईजीजी (इम्युनोग्लोबिन जी) हो । आईजीएम रोग लागिसकेपछि तीनदेखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ ।

यो व्यक्तिअनुसार फरक हुन्छ । आईजीएम झन्डै दुई तीन साता शरीरमा रहन सक्छ । एक महिनासम्ममा आईजीएम नेगेटिभ हुन्छ भने आईजीजी लामो समयसम्म पनि शरीरमा रहिरहन्छ । भर्खरै मानिसको शरीरमा यो भाइरस प्रवेश भए र्‍यापिड टेस्ट किटबाट जाँच गर्दा संक्रमण देखाउँदैन । तर पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिन्छ ।

कोरोना संक्रमण भएको एक सातापछि पीसीआर मेसिनबाट परीक्षणमा कोरोना पोजेटिभ आउँछ भने र्‍यापिडमा पनि पोजेटिभ देखिने हुन्छ । दुवै परीक्षणमा कोरोना संक्रमण देखिन्छ ।

त्यसैगरी, तीन चार सातापछि कोरोना भाइरस शरीरबाट हराइसकेको अवस्थामा पीसीआरमा टेस्ट गर्दा भाइसको रिर्पोट नेगेटिभ देखिन सक्छ भने र्‍यापिड टेस्टमा भाइरस पोजेटिभ देखिन सक्छ । एन्टिबडीको परीक्षणको विधिहरू विभिन्न छन् जसमा एक एलाइजा पनि  हो । त्यस मेसिनले परीक्षण गर्न ४ देखि ६ घण्टामा परीक्षणको नतिजा दिने गर्छ ।

एन्टिबडीको परीक्षणको अर्को सजिलो विधि भनेको किटमार्फत् गरिने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) हो । जुन नेपालमा पनि अहिले प्रयोग भइरहेको छ । अमेरिका, अस्ट्रेलिया र भारतले पनि आरडीटीबाट परीक्षण सुरु गरिसकेका छन् । यो र्‍यापिड किटको एउटा फाइदा के छ भने यसमा धेरै विज्ञता नचाहिने, प्रयोगशाला पनि नचाहिने हुन्छ । फिल्डमा गएर परीक्षण गर्न सकिने । यस टेस्टबाट गरिएको परीक्षणबाट १५ मिनेटमा नै नतिजा दिन सकिन्छ । 

तर, पीसीआर जटिल परीक्षण हो । यो परीक्षण गर्न समय लाग्ने र परीक्षण गरेको व्यक्ति विशेष तालिम प्राप्त हुनुपर्छ । कतिपयलाई पीसीआर परीक्षण गर्न पनि हाम्रो पनि मापदण्ड छ सो मापदण्डअनुसार नै हामीले परीक्षण गरिरहेका छौं ।

एन्टिबडी परीक्षणको अर्को फाइदा के छ भने रोग निको भइसकेपछि पीसीआर परीक्षण नेगेटिभ आउँछ जसलाई पहिला रोग लागिसकेको छ । जसको पीसीआर भएको थिएन त्यस्तालाई पछि परीक्षण गर्दा शरीरमा एन्टिबडी मात्र बाँकी रहन्छ । त्यो एन्टिबडी परीक्षण गरेर समुदायमा कति व्यक्ति संक्रमित भएका थिए बुझ्न पनि सजिलो हुन्छ । पीसीआरभन्दा माथिका पनि केही परीक्षणहरू छन् ।

हामीले पीसीआरका लागि साधारणतया भाइरसका लागि २ देखि ३ वटा जिन हेर्ने कोसिस गर्छौं भने योभन्दा माथि जिन सिकोइन्सी, जसले पूरा जिनको परीक्षण गर्छ । अर्को भनेको भाइरस कल्चर हो । यो भनेको लिइएको नमुनाबाट प्रयोशालामा भाइरस निकाल्ने प्रविधि हो । यसरी प्रयोगशाला परीक्षण सँगसँगै ट्राभल हिस्ट्री, अर्थात् ज्वरो छ कि छैन, खोकी छ कि छैन, सिटिस्क्यानको नतिजा, पीसीआरको नतिजा सबै मिलाएर रोगको पहिचान गर्न सकिन्छ ।

एउटा निश्चित मापदण्ड बनाएर पीसीआर गर्नुपर्नेलाई पीसीआरबाट नै गर्ने र जो व्यक्ति पीसीआरको परीक्षणको दायरामा आउँदैनन् उनीहरूका लागि कुनै अल्टरनेट परीक्षणको व्यवस्था गर्न सके धेरैभन्दा धेरै परीक्षण हुनसक्छ । यसले पीसीआरबाट टेस्ट गर्दा छुट्नेहरू पनि आउँछन् । यसले रोगलाई कन्ट्रोल गर्न सजिलो हुन्छ ।

(राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालकी निर्देशक डा.झा ले मन्त्रालयको प्रेस ब्रिफिङमा दिएको जानकारी)

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  ०५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro