site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 क्वारेन्टिनको सकरात्मक प्रभाव 

किताब पढ्ने, लेखन  कार्य गर्ने, शरीरको सरसफाइ र फूल रोप्नेलगायत अरु रचनात्मक कार्य गरेँ ।  
स्कुलको अन्तिम दिन थियो म र सबै साथीहरु लामो बिदा हुने भयो भनेर खुसी थियौँ । अरु साथीका जस्तै मेरा पनि विभिन्न योजना थिए । फिल्म हेर्न जाउँला, क्रिकेट खेलाैँला र घुम्न जाउँला भनेर योजना बनाएको म सरकारले लकडाउन घोषणा गरेपछि निराश भए । घरमै थुनिएर बसेको मलाई झ्यालबाट बाहिर हेर्दा बाहिर जाँऊ जाँऊजस्तो हुन्थ्यो । 

सबै योजनाहरु परिवर्तन भएपछि म निराश भएको थिएँ । चन्चले स्वभावको म दिनभर घरमा बस्दा २।४ दिन त जेलमा बसेझैँ भयो । दिनभर पब्जी खेल्ने, सुत्ने र मोबाइल चलाउने गरेकोले एक किसिमको मभित्र सामाजिकको कमी हुँदै थियो भने अर्कोतिर म एकोहोरो भएको थिए । एकछिन बिजुली जाँदा पनि मलाई के गरुँ के गरुँजस्तो हुन्थ्यो । केही काम नपाएर सुत्थेँ तर मेरो अगाडि कति धेरै अवसर रहेको मैले थाहा पाउन सकेको थिइन । हुनत, मोबाइल प्रयोग गर्नु हामीले सामान्य ठान्छाँै तर यसको अत्याधिक प्रयोगले नसा प्रणालीमा असर पर्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एकदिन मलाई आमाले पढ् पढ् भनेपछि मैले थन्किएका किताबहरु हेर्न सुरु गरेँ । त्यहाँ हाम्रै विद्यालयका पूर्वविद्यार्थी प्राविधिक केट केसीद्वारा लेखिएको ‘आर्तनाद’ भन्ने किताब पढ्न थाले । केही पाना पढेपछि मलाई अझै पढ्न मन लाग्यो । किनभने किताब रोचक तरिकाले लेखिएको थियो । किताब देखेपछि टाउको दुख्ने मैले त्यो किताब भने ३  दिनमा नै पढेर सिध्याएँ । त्यसपछि मैले घरमै भएको इन्साक्लोपेडिया पढे । यसरी ममा पढ्ने बानी विकास हुँदै गयो । किताब पढेर विभिन्न कुरा सिक्न पाँउदा मैले म कति मोबाइलमा अल्झिँदो रहेछु भन्ने बल्ल थाहा पाएँ । 

समय बित्दै गयो र मैले सक्रिय जीवन जिउन थालेँ । प्रत्येक बिहान आमाले उठाउनु पर्ने म आजकाल आमाभन्दा पहिला उठ्न थालेको  छु । त्यसपछि शारीरिक सरसफाइ र व्यायाम गरेर खाना खान्छु । खानापछि म किताब पढ्छु, चित्र कोर्छु र साँझमा समाचार सुन्छु । विभिन्न शीर्षकमा निबन्ध लेख्न सुरु गरेको छु । परिवारका सदस्यहरुसँग कुराकानी गर्छु । हामीले सधैँ परिवारसँग समय बिताउन पाए हुन्थ्यो भन्थ्यौँ । यही लकडाउनको समयमा हामीले अनुभव र विचार  बाँड्न पाएका छौँ । आमाबुवा अफिस, दिदी काठमाडाैं र म विद्यालय हुने भएकोले राम्ररी कुराकानी पनि हुन्थेन । अहिले सबैसँग समय बिताउन पाउँदा म खुसी भएको छु । 

Global Ime bank

त्यसैगरी आमालाई खाना पकाउन पनि सघाउँछु । मैले अम्लेट, सुख्खा रोटी, चिया र दाल बनाउन सिकेँ । आफूले बनाएको भनेपछि अम्लेटमा नुन धेरै, सुख्खा रोटी टाटेपाटे र चियामा चिनी कम हुँदा पनि मीठै लाग्ने रहेछ । यसरी मैले आमाले कति मेहनत गरेर खाजा बनाउनु हुन्थ्यो भन्ने थाहा पाएँ । आमाले बिहानै उठेर हामीलाई खाना बनाउनु हुन्थ्यो तर मैले नमीठो छ भनेर वचन लगाउँथे । त्यस्तो गर्दा आमालाई कस्तो लाग्दो हो भन्ने बल्ल थाहा भयो मलाई । आमालाई बारीमा पनि बोडी, सिमी र चिप्लेभिन्डी रोप्न सघाएँ । फूल पनि रोपेँ । मैले फूललाई दिनदिनै पानी दिने गर्छु र फूल हुर्किरहेको देख्दा मन प्रफुल्ल हुन्छ । 

चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाईरसको त्रास संसारभर छ । यस त्रासले नेपाललगायत धेरै देशमा लकडाउन घोषणा गरिएको छ । यस्तो चुनौतीपूर्ण समयमा हामीले आदर्श नागरिक भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हामी सधैँ राष्ट्रियताका बारेमा कुरा गर्छौँ । राष्ट्रियता देखाउने यही अवसर हो । राष्ट्रियता देखाउन तपाईँहरु पनि घरैमा बस्नुहोस् । हो ! तपाईंहरुलाई पनि  मलाई जस्तै झ्यालबाट बाहिर हेर्दा बाहिर जाऊँ जाऊँ हुन्छ होला तर हामीले हाम्रै रक्षाको लागि लकडाउन घोषणा गरिएको हो भन्ने बुझ्नुपर्छ ।

आदर्श  नागरिकका रुपमा हामी घरमा नै बसेर विभिन्न रचनात्मक क्रियाकलाप गर्न सक्छाँै । विद्यार्थीहरुले घरमा दिनभर मोबाइल खेल्नेभन्दा किताब पढ्ने बानीको विकास गराँै । व्यावहारिक अध्ययन गर्न सकिन्छ । सबैले सकरात्मक सोच विकास गर्‍यौँँ भने यो चुनौतीपूर्ण समय सजिलोसँग काट्न सकिन्छ ।
(कक्षा ७, गण्डकी आवासीय विद्यालय, पोखरा ।)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC