site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिन्तित कलाकार, उदासिन सरकार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको पछिल्लो सम्बोधनमा अबका दुईसाता नेपाल र नेपालीका लागि थप चुनौतीपूर्ण रहेको उल्लेख गरे । त्यो भनाइको आशय लकडाउनको पालना राम्ररी गर भन्ने थियो । त्यसको केही दिनपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले लकडाउन उल्लङ्घन महँगो साबित हुन सक्ने चेतावनी दिए । तर सरकारले यही लकडाउनको निर्देशन दिएर आफ्नो जिम्मेवारी पूरा भएको सोच्यो । 

लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विभिन्न उपायमा सरकार उदासिन देखियो–देखिँदै आएको छ । सरकारले जारी गरेका कतिपय महत्वपूर्ण सूचना दूरदराजसम्म पुग्दैनन्, कडा निर्देशनबारे सहरबजारमा मात्र जानकारी हुन्छ । लकडाउन, कोरोनाबाट बच्ने विभिन्न उपायहरुबारे पनि यस्तै अवस्था देखियो । सहरबजारका मानिस मात्रै जनता होइनन् । सरकारका सूचना वा नीतिनियम–निर्देशन र आदेशलाई सकेसम्म मुलुकका सबै ठाउँमा पुर्‍याउनु आवश्यक हुन्छ । सरकारी आग्रह, परिपत्र र सूचानाबाहेक आमनागरिकलाई यतिखेर सहज तरिकाले कसरी लकडाउन स्वास्थ्यका लागि नै हो र यसलाई पालना गर्नुपर्छ भनेर बुझाउन सकिन्थ्यो भन्ने विषयमा विकल्प खोज्न सकेको देखिँदैन । जनचेतनाका सन्दर्भमा सामाजिक अभियन्ता, कलाकार, साहित्यकार, वैज्ञानिक, खेलाडीजस्ता व्यक्तित्वलाई अघि सार्दा त्यो प्रभावकारी हुने संसारभर नै मान्यता रहिआएको छ ।  

कोरोना सङ्क्रमणबारे जनचेतना जगाउने सवालमा सरकारले खासै चासो दिएको पाइँदैन । जसलाई धेरैले सामाजिक सञ्जालमा खोज्छन्, जसलाई धेरैले सुन्छन् र विश्वास गर्छन् उनीहरुलाई चेतनामूलक भिडियो सन्देश निर्माण गरेर प्रशारण गर्न सक्दा प्रभावकारी हुन्थ्यो । सरकार यसमा चुकेको देखिन्छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले सामाजिक सञ्जालमा सक्रिय कलाकार हुन्, दीपकराज गिरी । उनी सामाजिक सञ्जालमा धेरै खोजिने व्यक्ति पनि हुन् । उनका चलचित्र हेर्न हलमा दर्शकको लामो लाइन लाग्छ । उनीजस्ता सेलेब्रिटीलाई स्वास्थ्य मन्त्रालयले चेतनामूलक अडियो–भिडियो सन्देश निर्माण गर्न लगाउन सक्थ्यो । तर आजसम्म सरकारले उनलाई त्यस्तो कुनै आग्रह गरेको छैन । जति पनि उनका भिडियो सन्देश आएका छन्, त्यो उनी स्वयम्ले गरेका हुन् ।

सरकारलाई कुन सेलेब्रिटीलाई जनताले कति खोज्छन्, कति लोकप्रिय छन् र कति विश्वास गर्छन् भन्ने जानकारी नै नभएको दीपक बताउँछन् । “सरकार असाध्यै ट्रेडिसनल छ । कहाँ, कसको सहयोग कुनबेला लिने भन्ने नै थाहा छैन,” उनी भन्छन्, “अमिक शेरचन स्वास्थ्यमन्त्री हुँदा मसँग भन्नुहुन्थ्यो– दीपकजी मन्त्रालयभित्रको सञ्जाल यति पुरानो र करप्टेड छ, को व्यक्ति कस्तो भन्ने नै थाहा छैन, फलानो व्यक्तिसँग यो कामका लागि सहयकार्य गर भन्दा, अगाडि हस् हजुर भन्ने तर सम्बन्धित व्यक्तिसम्म कुरै पुर्‍याउँदैनन् ।”  

Royal Enfield Island Ad

हाम्रो प्रशासन राजनीतिक दल, विचार, कमिसन र कार्यकर्ताभन्दा बाहिर गएर काम गर्नै नसक्ने बनेको उनको आरोप छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी हरेक दिन कलाकारको सम्पर्कमा रहने र कलाकारको सहयोग तथा सल्लाह लिने गरेको दीपक बताउँछन् । 

“भारतमा ट्वाइलेट एक प्रेम कथा, प्याडम्यान, स्वच्छ भारत अभियानमा चलचित्र बने, त्यसले त्यहाँ ठूलो सामाजिक असर पारेको छ,” दीपक भन्छन्, “हाम्रोमा को कस्तो कलाकार भन्ने नै सरकारलाई थाहा छैन । को कसको व्यक्ति र कति कमिसन आाउँछ भन्दैमा फुर्सद छैन !”

हास्य कलाकार मनोज गजुरेल नागरिकको धर्म निर्वाह गरेर आफ्नो तर्फबाट आमनागरिकको चेतनामा बल पुगोस् भनेर सामाजिक सञ्जालमार्फत् काम गरिरहेको तर सरकारले भने नसम्झिएको बताउँछन् । 

‘‘सरकारले हामीलाई सधैं प्रतिपक्षी ठान्छ । त्यसैले हाम्रो सुझाव र सहयोग आवश्यक ठानेन होला,’’ मनोज भन्छन्, ‘‘हाम्रो काम सरकारलाई सहयोग गर्ने त हो नै, दबाब दिने पनि हो ।’’

सरकारले कोरोना जोखिम न्यूनिकरणका लागि कलाकाहरुलाई सहयोगको आग्रह नगरे पनि आफूहरुले दायित्व निर्वाह गर्न नभुलेको उनी बताउँछन् । सरकारले आलोचना सहेरै पनि सहयोग माग्नुपर्ने उनको भनाइ छ । 

केकी अधिकारी रुचाइएकी नायिका हुन् । सामाजिक सञ्जालमा उनको राम्रो प्रभाव छ । चलचित्रमा मात्रै होइन सामाजिक विषयमा पनि उत्तिकै जानकारी राखेर बोल्न रुचाउँछिन् उनी । 

देशमा कोरोनाको जोखिम उच्च रहँदा उनले सामाजिक सञ्जालमा थुप्रै चेतनामूलक सामग्री राखिन् । चाहे त्यो टेक्स्ट मात्रै होस् अथवा अडियो–भिडियो होस् । उनले जति पनि चेतनामूलक सामग्री दर्शक तथा सामाजिक सञ्जालका प्रयोगकर्तामा पुर्‍याइन्, त्यो उनी स्वयम्ले तयार पारेकी हुन् । 

सुरुमा एउटा एजेन्सीले प्रस्ताव गर्‍यो । उनी तयार पनि भइन् । तर पछि कुनै खबर गरेन । “विश्व नै कोभिड–१९ को सङ्क्रमणमा छ । यो नेपालमा पनि प्रवेश गरिसकेको छ । यसको जोखिम न्यूनिकरणका लागि सकेसम्म धेरैमा यसबाट बच्ने उपायहरु पुर्‍याउनुपर्नेछ,” केकी भन्छिन्, “यो समय सबैको आआफ्नो जिम्मेवारी छ । हाम्रो पनि छ । सरकारले चेतनामूलक भिडियो तथा अडियो सामग्री आमजनतामा पुर्‍याउनुपर्छ । यसका लागि हामी कलाकारको सहयोग लिन सक्नुपर्छ । हाम्रो पनि जिम्मेवारी हो, सरकारले आग्रह गर्छ भने म निःशुल्क त्यस्तो सामग्री बनाउन तयार छु । तर आजसम्म कसैले केही भनेको छैन ।”

देश लकडाउनमा छ । भेटघाट र जमघट गर्न मिल्दैन । सकेसम्म एक्लाएक्लै बस्नुपर्छ । “त्यसो भए सरकारले यस्तो सामग्री पोस्ट गर्नुपर्‍यो अथवा बोलिदिनुपर्‍यो भनेर, के बोल्नुपर्ने हो टेक्स्ट मात्रै पठाइदिए पनि हुन्छ म आमजनतासम्म पुर्‍याउन तयार छु,” केकी भन्छिन्, “यो समय म मात्रै होइन सकेसम्म धेरै कलाकारलाई चेतनामूलक भिडियोमा समेट्न सकिन्थ्यो । सरकारले आधिकारिक रुपमा बनाएको भिडियोको प्रभावकारिता झनै बलियो हुन्थ्यो ।”

भूकम्प होस् अथवा बाढीपहिरो वा हावाहुरीको प्रकोप तत्काल प्रभावित क्षेत्रमा पुगेर उद्दार तथा राहतमा खटिने कलाकार हुन्, सीताराम कट्टेल (धुर्मुस) । विपद् तथा प्रकोपमा सहयोग गर्दागर्दै उनी अहिले सामाजिक अभियन्ताका रुपमा परिणत भइसकेका छन् । उनको यो छविकै कारण तीन ठाउँमा भूकम्पपीडितका लागि एकीकृत वस्ती निर्माण गरिसकेका छन् ।  व्यक्तिगत पहलमै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरिरहेका छन् ।

कोभिड–१९ को यो सङ्कटमा घर बाहिर निस्कन मिलेन त्यसैले उनले शशरीर उपस्थित भएर सहयोग गर्न त सकेका छैनन्, तर सकेको गरिरहेका छन् । सीताराम यतिबेला सामाजिक सञ्जालमार्फत् सामाजिक दूरी कायम गर्न आग्रह गरिरहेका छन् । साबुनपानीले पटकपटक हात धुुन, स्यानिटाइजर प्रयोग गर्न तथा घरबाहिर ननिस्कन भनिरहेका छन् । यसबाहेक खाद्यान्नको अभाव झेलिरहेकाहरुका लागि खाद्यान्न तथा आर्थिक सहयोग गर्न पनि अनुरोध गरिरहेका छन् । यसका लागि उनले भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका छन् । 

तर आजसम्म कुनै पनि सरकारी निकायले चेतनाका लागि लौ न ! सीतारामजी तपाईंले यो असहज अवस्थामा सहयोग गरिदिनुपर्‍यो भनेका छैनन् । 

“आजसम्म स्वास्थ्य मन्त्रालय तथा सरकारका आधिकारिक व्यक्तिले मलाई आग्रह गरेको छैन । जति पनि मैले भिडियो सामग्री तयार पारेर सामाजिक सञ्जालमार्फत् दर्शक तथा स्रोतामाझ पु¥याएको छु, एक सचेत नागरिकका नाताले, जिम्मेवार व्यक्तिका नाताले म आफैंले गरेको छु,” सीताराम भन्छन्, “यस्तो विपद्को बेलामा म मात्रै होइन अन्य थुप्रै कलाकारलाई सरकारले सामाजिक अभियानका लागि सहयोग लिन सक्छ ।” व्यक्ति भन्दा पनि सरकारले अग्रसरता लिएर गरेको काम अझै बढी विश्वासिलो हुने उनी बताउँछन् ।   

बिहान र बेलुका केही समय तरकारी तथा खाद्यान्न किन्नका लागि बाहिर निस्कन पाइन्छ । तर लकडाउन आफ्नै लागि हो भन्ने बुझाइको कमी तथा हेलचेक्र्याइँका कारण नेपाल बन्दमा झैं साँझ ५ बजेपछि घरबाहिर निस्कने, गफिने मात्रै होइन कुकुर डुलाउनेको सङ्ख्या अधिक देखिन्छ । यसलाई न्यूनिकरण गर्न पनि सेलेब्रिटीको साथ लिन सकिन्थ्यो । तर सरकारले यसमा खासै चासो देखाएको छैन । 

लकडाउन सुरु हुने अवस्था आएपछि युनिसेफ र यूएनले हास्य कलाकार जितु नेपाललाई डाक्टहरू बोलाएर मुन्द्रे कमेडी क्लबमा कोरोनाबाट कसरी जोगिने भन्नेबारे सामाजिक सन्देश दिने खालको कार्यक्रम चलाइदिनुपर्‍यो भनेका थिए । जितुले सामाजिक सन्देश दिने खालको कार्यक्रम तयार पारे । 

गैरसरकारी संस्थाले उनलाई भन्यो, “क्वारेन्टिनमा बसेकाहरूमा आवश्यकताभन्दा धेरै त्रास छ । क्वारेन्टिनबाट भाग्ने अवस्था आयो, लौ न व्यक्ति स्वयम् र उसको परिवार तथा समाजका लागि हो क्वारेन्टिन भन्ने सन्देश दिनुपर्‍यो ।”

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले फोन गरेर भने, “क्वारेन्टिनबाट भाग्ने अवस्था आयो । नेपाल बन्द जस्तो ५ बजेपछि जनता बाहिर निस्कन लागे । भेला भएर भेटघाट गर्न थाले, सामाजिक सन्देश दिने चेतनामूलक भिडियो बनाउनुपर्‍यो ।” 

अध्यक्षको आग्रहपछि जितुले आफैं नेतृत्व लिएर दीपाश्री निरौला र केदार घिमिरेलाई राखेर भिडियो बनाए । जुन अहिले टेलिभिजनबाट प्रशारण पनि भइरहेको छ । 

त्यसबाहेक जितुले स्वस्फूर्त रूपमा जति काम गरे, आमजनतालाई चेतनामूलक सन्देश दिनु आफ्नो पनि दायित्व हो भन्ने सम्झिएर गरे । तर स्वास्थ्य मन्त्रालयले आजसम्म उनलाई कुनै आग्रह गरेको छैन । 
सीमित व्यक्तिको लापरवाहीका कारण यो समय ठूलो मानवीय क्षति व्यहोर्नु पर्ने हुन सक्छ । यो समय जसरी हुन्छ धेरैभन्दा धेरै जनतासम्म चेतनामूलक सामग्री लिएर सरकार जनताको घरदैलोमा पुग्नुपर्छ । सामाजिक संस्था, गैरसरकारी निकाय तथा व्यक्तिले बिनापारिश्रमिक सरकारलाई सयोग गर्न तयार छौं भनिरहँदा पनि सरकार भने सहयोग लिन तयार देखिँदैन ! यस्तो सहयोग लिन सक्नु भनेको सरकार आफ्नो कदममा सफल हुनु हो भन्ने समेत उसले बुझेको देखिँदैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro