अष्ट्रेलिया । करिब २ हप्ता लामो क्वारेन्टाइन बसाइपछि हलिउड अभिनेता टम ह्यान्क्स र उनकी श्रीमती रीटा विल्सन घर फर्किएका छन् ।
अष्ट्रेलियामा चलचित्र छायांकनका लागि गएका उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि अष्ट्रेलियामै सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरु सन्चो भएसँगै अमेरिका फर्किएका हुन् ।
शनिबार ह्यान्क्सले ट्विटमार्फत जानकारी दिँदै लेखेका छन्, “हामी घर फर्किएका छौं, अरु अमेरिकनहरु जस्तै हामी पनि सामाजिक दुरी कायम गर्दैै छ्ट्टै बसिरहेका छौं । अष्ट्रेलियामा रहँदा हाम्रो हेरचाह गरिदिनुहुने सबैमा धन्यवाद, जसका कारण आज हामी आफनै देश अमेरिका फर्किन पाएका छौं । साथै हाम्रो सबै शुभचिन्तकमा पनि धन्यवाद अर्पण गर्न चाहन्छौं ।”
गायक तथा अभिनेता एल्विस प्रेस्लेको जीवनीमा आधारित रहने उतm चलचित्रमा ह्यान्क्स गायक प्रेस्लेका म्यानेजरको भुमिका निभाउँदै छन । (सीएनएन)