site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाले रोक्न सक्ला गृहयुद्ध ?
Sarbottam CementSarbottam Cement

न्युयोर्क । सिरिया, लिबिया, यमन, अफगानिस्तानलगायतका मुलुक गृहयुद्धको चपेटामा छन् । यी मुलुकमा पनि कोरोना भाइरसले आक्रमण गरिरहेको छ । ती देशका सरकार अब गृहयुद्ध सुल्झाउनतिर लाग्लान् कि कोरोना सङ्क्रमणलाई छेक्न ? यो प्रश्न यतिखेर जोडदार रुपमा उठेको छ । कोभिड १९ ठूलो कि गृहयुद्ध भन्ने सवाल ती मुलुकका शासक र विद्रोहीबीच चल्न थालेको छ । 

गृहयुद्धसँग लडिरहेको देशमा कोरोनाको आक्रमणले आगामी दिन सहज होला या झन् खराब ? संयुक्त राष्ट्र सङ्घका डिप्लोम्याट्सले भने ती मुलुकको अवस्था आगामी दिन झनै खराब हुने आशङ्का गरेका छन् । 

शक्तिशाली असहाय छन्, कमजोरले बदला लिन सक्छन् 

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सस्थित इन्स्टिच्युट अफ पोलिटिकल साइन्सेजमा इन्टरनेसनल रिलेसन्सका विशेषज्ञ बर्टेन्ड ब्याडी भन्छन्, ‘‘गुरिल्ला लडाकु तथा कट्टरवादीहरुका लागि यो ‘भगवान्ले दिएको मौका’ हो । जब शक्तिशालीहरु कमजोर हुन्छन् तब कमजोरले बदला लिन थालेको देखिन्छ ।’’ हालै मालीका ३० सैनिकलाई जिहादीले मारे, तर सेक्युरिटी काउन्सिलले यसमा खासै ध्यान दिएन । लिबिया तथा सिरियामा लडाईं अहिले पनि जारी छ । 

लाखौं मर्न सक्छन्

Global Ime bank

संयुक्त राष्ट्र सङ्घका पोलिटिकल अफेयर्सका अन्डर सेक्रेटरी जनलर रोजमेरी डिकार्लोले ट्विटमा इडलिब र सिरियाको अर्को भागमा सबैखाले द्वन्द्व रोक्न अपिल गरिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘‘कसैलाई यदि लडाईं रोक्न कारण चाहिएको छ भने त्यो मौका यही नै हो ।’’

संयुक्त राष्ट्र सङ्घअन्तर्गत यमनका स्पेसल इन्भ्वाय मार्टिन ग्रिफिथ पनि सबै पार्टीले आन्तरिक द्वन्द्व अन्त्य गरेर सुनिश्चित गर्न सक्नुपर्छ कि अहिलेको भन्दा थप खतराको सामना गर्नु नपरोस् । अहिले यी मुलुकले युरोप र चीनमा जस्तो महामारी खप्नु परेको छैन, तर जब भाइरस यी मुलुकमा प्रवेश गर्न थाल्नेछ, नतिजा भयावह हुन सक्नेछ । संयुक्त राष्ट्र सङ्घलाई के डर छ भने, कसैले पनि सहयोग नगर्ने यस्ता मुलुकमा सङ्क्रमण फैलियो भने अवस्था अकल्पनीय हुनेछ, लाखौं मानिस मर्नेछन् ।

कतिपय डिप्लोम्याट्स भने कोरोनाका कारण युद्ध झनै खराब अवस्गामा पुग्न सक्ने बताउँछन् । यी मुलुकहरुमा मानवीय हालत थप खराब र आन्दोलन पनि गम्भीर मोडमा पुग्न सक्छ । वासिङ्टनस्थित इन्टरनेसनल क्राइसिस ग्रुपका अध्यक्ष रोबर्ट म्याली भन्छन्, ‘‘युद्धमा आफ्ना लडाकु पठाउँदा सङ्क्रमण थप फैलन सक्छ र अधिक मानिस मर्न सक्छन् ।’’

स्वयम् संयुक्त राष्ट्र सङ्घका डिप्लोम्याट्सहरुले अवस्थाबारे दृष्टिगत गर्ने बताइरहे पनि उनीहरुको बैठक बस्ने क्रम नै घट्दै गएको छ । संयुक्त राष्ट्र सङ्घको सेक्युरिटी काउन्सिलले वैश्विक शान्ति र सुरक्षा कायम गर्ने कोसिस गरिरहेको बताएको छ । यद्यपि, तिनलाई पनि गृहयुद्ध झेलिरहेका मुलुकमाथि थप ध्यान दिन र त्यहाँ कोरोना सङ्क्रमण प्रवेश गर्न नदिनेबारे सोच्न मुस्किल परेको छ । एजेन्सी

सांकेतिक तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC