site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललितपुरका मेयरका उमेदवारका योजना : १२ कक्षासम्म निःशुल्क शिक्षादेखि ओभरहेड ब्रिजसम्म
Sarbottam CementSarbottam Cement

ललितपुर   ।  उमेदवारी दर्तासँगै ललितपुर महानगरपालिकाको मेयरका उमेदवारहरू चुनावी प्रचारमा खटिएका छन् । उनीहरूको एजेन्डा ललितपुर महानगरको एकीकृत विकास रहेको बताएका छन् । 

संविधानको कार्यान्वन शिक्षा, स्वास्थ्य र रोजगार आफ्नो एजेन्डा रहेको उमेदवारहरूको भनाइ छ । 
ललितपुर महानगरका लागि नेपाली कांग्रेस, (नेकपा) एमाले र माओवादी केन्द्रका मेयरहरूले समग्र ललितपुर महानगरको विकासमा आफ्नो उमेदवारी रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्राफिक जाम हटाउँछु : कांग्रेसबाट मेयर प्रत्यासी चिरिबाबु महर्जन
नेपाली कांग्रेस ललितपुरको ३ नं. वडामा दुईपटक अध्यक्ष निर्वाचित भइसकेका चिरिबाबु महर्जन ३ दशकदेखि कांग्रेसका तर्फबाट राजनतिमा सक्रिय रहेका छन् । महर्जनले ललितपुर महानगरपालिकाका लागि कांग्रेस मेयर प्रत्यासी चिरीबाबु महर्जनले मेयरमा आफ्नो विजयीपश्चात ललितपुर महानगरपालिकाका सडकमा रहेको ट्राफिक जामको समस्या पूर्ण रुपमा हटाउने प्रतिवद्धता व्यक्त गरे । यसका लागि जाम हुने चोकमा “फ्लाइ ओभर बनाइने छ ।” साथै उनले सरकारी विद्यालयअन्तर्गत रहेका शिशु कक्षा व्यवस्थित र निःशुल्क सञ्चालन गरिने बताएका छन् । साथै उनले संविधानको सफल कार्यान्वयनसँगै महानगरबासीको सम्पूर्ण समस्या सम्बोधन गरिने पनि प्रष्ट पारे । “ललितपुर महानगरपालिकामा बसोबास गर्ने सम्पूर्ण बासिन्दाका दैनिक जीवनसँग जोडिएका सडक, पुल, बाटोलगायत भौतिक पूर्वाधारको निर्माण र स्तरोन्नतिमा जोड दिनेछु” उनले भने । साथै उनले ललितपुरमा रहेका सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवर्धन गरिने बताए । “भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको पुनर्निर्माणको कामलाई प्राथमिकताकासाथ अगाडि बढाइने छ ।”    

ललितपुर–काठमाडौं ट्राम बस चलाउँछु : एमालेबाट मेयर प्रत्यासी हरिकृष्ण व्यञ्जनकार 
एमाले ललितपुरका अध्यक्ष व्यञ्जनकार २०३५ सालदेखि एमाले तर्फबाट राजनीतिमा सक्रिय छन् । २०४३ सालमै उनी ललितपुरको वडाध्यक्ष भएका थिए । एमालेतर्फबाट मेयर पदका प्रत्यासी हरिकृष्ण ब्यञ्जनकार आफू मेयरमा विजयी भए ५ वर्ष भित्रमा ललितपुरको गोदवारीदेखि काठमाडौंको बुढानिलकण्ठसम्मको दुरीमा ट्राम (इलेक्ट्रोनिक्स बस) सञ्चालन गरिने बताएका छन् । यसका लागि हाल भएका सडक सञ्जाल र पूर्वाधार विकास गरिने पनि ब्यञ्जनकारले बताए । उनले स्थानीय तहका जनताहरूलाई अधिकारसम्पन्न बनाउनका लागि आफूले मेयरमा उमेद्वारीमा मनोनयन दर्ता गराएको बताए । साथै उनले शिक्षा र स्वास्थ्य सेवाको उपलब्धतालाई गरिब जनताहरुको पहुँचसम्म पुर्याइने, अशक्त, अपाङ्ग र वृद्धवृद्धा भत्तामा थप सुविधा बढाइने । र समपूर्ण बेरोजगार युवालाई रोजगारीको सुनिश्चितता प्दान गरिने पनि बताए । “ललितपुर महानगरका स्वास्थ्य केन्द्रहरुलाई ५० देखि १०० शैयासम्मका हस्पिटलमा विकसित गर्ने मेरो भिजन छ,” उनले भने, “बेरोजगार युवाहरुलाई रोजगारीको सुनिश्चितताका साथै अशक्त, अपाङ्ग र वृद्धवृद्धाले पाउँदै आएको भत्तामा थप सुबिधा गरिने छ ।” त्यसैगरी उनले कक्षा १२ सम्मको पढाइ निःशुल्कसाथै विद्यार्थीलाई विद्यालयमा चिया, खाजाको व्यवस्थासमेत गरिने पनि बताए ।  

Global Ime bank

गरिबका छोराछोरी कक्षा १२ सम्म निःशुल्क पढाइने : माओवादी केन्द्रबाट मेयर प्रत्यासी दिनेश महर्जन
माओवादीका पोलिटब्युरो सदस्य दिनेश महर्जन २०४८ सालबाट माओवादीका तर्फबाट राजनीतिमा सक्रिय छन् । जनमोर्चा हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । ललितपुर महानगरपालिका मेयर पदमा यहाँको उमेदवारी केका लागि ? भन्ने प्रश्नमा महर्जनले गणतन्त्र, संघीयता, समावेशिता र आसन्न स्थानीय तह निर्वाचनको खाका पनि माओवादीकै सक्रियताका कारण बनेको बताए । “मेयर पदका लागि मेरो उमेद्वारी पार्टीको यही एजेण्डालाई स्थानीय तहमा सफल कार्यान्वयनका लागि हो ।” साथै उनले धर्म निरपेक्षता र दलित समानताका मुद्दा पनि माओवादीकै बलमा आएको हुनाले स्थानीय स्तरमा कहीँकतै दलितहरूले दलित भएकै कारण समाजमा भेदभाव शोषण सहन नदिने र यसको कडा प्रतिकारमा उत्रन अधिकार सम्पन्न बनाइने पनि बताए । स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि थप विकास गरिने बताए । ललितपुरका ठाउँ–ठाउँमा १५ शैयाका हस्पिटल निर्माण गरिने त्यसैगरी गरिबका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क पढाइने पनि बताए ।          
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०७४  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC