site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 अफ्रिकी मुलुक गिनी बिसाउमा दुई राष्ट्रपति, दुई प्रधानमन्त्री !

बीबीसी ।  पश्चिमी अफ्रिकी मुलुक गिनि बिसाउका दुईमध्ये एकजना राष्ट्रपति सिप्रियानो क्यासिमालाई ज्यान मार्ने धम्की दिएपछि पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपतिमा पदभार गरेको एक दिनपछि राजीनामा दिएको बीबीसीले जनाएको छ । 

गत डिसेम्बरमा भएको निर्वाचमा धाँधली भएको भन्दै सांसदहरुले सिप्रियानोलाई राष्ट्रपतिको रुपमा नियुक्त गरेका थिए । 

गिनि बिसाउमा पूर्व सैनिक जनरल उमारो सिसोको इम्बालोले यसअघि नै राजधानी बिसाउस्थित एक होटलमा राष्ट्रपतिको शपथ ग्रहण गरेका थिए । सन् १९८० देखियता गिनि बिसाउमा नौपटक कू गरिएको वा कू को प्रयास गरिएको छ । 

पूर्व पोर्चुकलको अधिनमा रहेको गिनि बिसाउ दक्षिण अमेरिकाबाट युरोपमा लागुऔषध तस्करीको मुख्य ट्रान्जिट पोइन्ट पनि हो । यसलाई 'नार्को-स्टेट' समेत भन्‍ने गरिएको छ । 

गिनि बिसाउका दुईवटा राष्ट्रपति किन ? 

सेनाको मुख्य पकड रहने गिनि बिसाउमा गत डिसेम्बरमा भएको निर्वाचनमा राष्ट्रिय निर्वाचन आयोगले इम्बालोलाई विजयी घोषणा गरेको थियो । उक्त निर्वाचनमा इम्बालोले ५४ प्रतिशत मत ल्याएका थिए भने उनका प्रतिद्वन्‍द्‍वी डोमिङ्‍गो सिमोइन पिरेराले ४६ प्रतिशत मत ल्याएका थिए । 

निर्वतमान राष्ट्रपति जोसे मारियो भाजले आयोगले विजयी घोषणा गरेका इम्बालोलाई गत बिहीबार एक विलासी होटलमा आयोजित कार्यक्रममा राष्ट्रपति पद हस्तान्तरण गरेका थिए । सन् १९९० देखि पिरेराको पिएआईजीसी पार्टीमात्र त्यहाँको वैधानिक पार्टीको रुपमा मानिन्छ । उक्त पार्टीले गिनि बिसाउलाई स्वतन्त्रता दिलाएको थियो । उक्त पार्टीका अन्य सांसदहरुले भने इम्बालोलाई विजयी गर्ने आयोगको निर्णयलाई अस्वीकार गरेका थिए । 

त्यसपछि संसदको बहुमत सदस्यले क्यासिमालाई राष्ट्रपतिमा नियुक्त गरेका थिए । उनी संसदका सभामुख पनि थिए । 

पदबाट राजीनामा दिएका क्यासिमाले के भने ? 

राष्ट्रपतिबाट राजीनामा दिएका क्यासिमाले आफूसँग अन्य विकल्प नभएकोले पदबाट राजीनामा दिएको बताए । उनले आफूलाई ज्यान मार्ने धम्की आएकोसमेत बताएका छन् । 

"मलाई सुरक्षा भएन... । मेरो र परिवारको जीवन खतरामा पर्‍यो । यस मुलुकका जनताको जीवन जोखिमा छ । मैले  मेरो, परीवारको र यस मुलुकका जनाताको जीवनलाई खतरामुक्त पार्न राजीना रोजेको हो, " पत्रकारसँग कुरा गर्दै उनले भने । 

तर, उनले कसबाट धम्की आयो भन्‍ने विषय भने खुलाएका छैनन् । 

गिनि बिसाउमा हाल पनि दुईवटा प्रधानमन्त्री छन् । जसमध्ये एकजना अरस्तिद्‍सले राजीनामा माग गर्दै आफ्नो घरमा सेनाले घेरा हालेको बताएका छन् । उनले भने, "मैले राजीनामा नदिएमा सेनाले मेरो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई मार्ने धम्की दिएको छ । सेनाले मलाईसमेत मार्ने धम्की दिएको छ । यद्पि म वैधानिक रुपमा प्रधानमन्त्रीमा नियुक्त भएको हुँ ।" 

प्रधानमन्त्री गोमेजले राष्ट्रपति इम्बालोको निर्णय अस्वीकार गर्दै आएका छन् । इम्बालोले पूर्व राष्ट्रपतिका उमेदवार नुनो गोमेजलाई प्रधानमन्त्री बनाउने तयारी गरेका छन् ।  पश्चिमी अफ्रिकन मुलुकहरुको 'इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन' (इकोवाज) ले उक्त 'अशान्तिको अन्त्य गर्न' र शान्ति कायम गर्न सेनालाई चेतावनी दिएको छ । 

इम्बालोले तत्कालीना तनाव समाधान गर्ने र एक अफ्रिकि गरिब मुलुक गिनि बिसाउलाई आधनिक मुलुक बनाउने दाबी गरेका छन् । गिनि बिसाउमा १६ लाख मानिसहरु घरबारबिहीन छन् । - बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro