site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डियामाथि नियमित निरीक्षण नगरिएका विमान उडाएको आरोप

काठमाडौं । भारतीय नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई सुरक्षा नियम उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ । सरकारी दस्तावेज अनुसार एयरबसका विमानहरूको आपतकालीन उपकरणको निरीक्षण समयमै नगरी विमान उडाएको र समस्याको समाधान गर्नमा ढिलो गरेको पाइएको रोयटर्सले जनाएको छ ।

तर, रोयटर्सले प्राप्त गरेका यी चेतावनी र जाँच प्रतिवेदन गत हप्ता दुर्घटना भएको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनासँग कुनै सम्बन्ध नरहेको बताइएको छ । उक्त दुर्घटनामा २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो । एकजना मात्र बाँच्न सफल भएका थिए । ती कागजात दुर्घटनाको केही दिनअगाडि नै रोयटर्सलाई पठाइएको थियो ।
 
नागरिक उड्डयन महानिर्देशकले गत मेमा गरेको अचानक निरीक्षणमा तीनवटा एयरबस विमानमा ‘आपतकालीन एस्केप स्लाइड’ जस्तो महत्वपूर्ण उपकरणको अनिवार्य निरीक्षण नभए पनि उडान भरेको पत्ता लागेको छ । एउटा ए ३२० एयरबस जेटको निरीक्षण एक महिना ढिला भई १५ मेमा मात्र गरिएको भेटिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एयरनाव रडार डाटाअनुसार, यो बीचमा उक्त विमानले दुबई, रियाद र जेद्दाजस्ता अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान भरेको पाइएको थियो । अर्को विषयमा, घरेलु उडानमा प्रयोग भएको एयरबस ए ३१९ को निरीक्षण तीन महिना ढिला भएको देखिएको छ । तेस्रो विमानको निरीक्षण दुई दिन ढिला भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको प्रतिवेदनले म्याद समाप्त वा प्रमाणीकरण नभएको आपतकालीन उपकरणहरूसहित उडानमा पठाइएका थिए । विमानको मामदण्ड, योग्यता र सुरक्षा आवश्यकताको उल्लंघन भएको बताइएको छ ।

प्रतिवेदनमा एयर इन्डियाले गरेका कमजोरी नहटाएर प्रक्रियागत नियन्त्रण र निरीक्षणमा कमजोरी देखिएको उल्लेख गरेको छ ।

एयर इन्डिया सन् २०२२ मा टाटा समूहले सरकारबाट किनेको थियो । उसले एक विज्ञप्तिमा उनीहरू एस्केप स्लाइडको म्यादसहित सबै मर्मत सम्बन्धी रेकर्ड जाँच गर्न प्रक्रिया अघि बढाउँदै गरेको र आउँदा केही दिनमा यो प्रक्रिया पूरा गर्ने बताएको छ । 

एयर इन्डियाले बताए अनुसार, एक अर्को विषयमा एयर इन्डियाको इन्जिनियरिङ सेवाका एक इन्जिनियरले मर्मतको क्रममा गल्तीले एस्केप स्लाइड खोलिदिएपछि यो समस्या उजागर  भएको बताएका थिए । रोयटर्स 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्