site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यकर्ता भेट्न कसैको अनुमति लिनुपर्दैन, गुट बनाएको छैन : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर ।

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्तासँग भेटघाट गर्न आफूले कसैको अनुमति लिनुनपर्ने बताएकी छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेको संगठित सदस्यता लिनुपूर्वदेखि नै पार्टीमा काम गरेको बताइन् ।

मंगलबार काठमाडौं फर्किने क्रममा विमानस्थलमा उनले भनिन्, "देशभित्र घुमफिर गर्न मैले नेकपा (एमाले)का कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन ।"

Argakhachi Cement Island Ad

उनले आफू समाजसँग साक्षात्कार गर्न तथा नयाँ पुस्ताको चाहना बुझ्न घुमफिरमा निस्किएको बताइन् । "राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ । त्यो हाम्रो परम कर्तव्य हो । त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ, नयाँ पुस्ताका लागि देशका लागि," उनले भनिन् ।

आफूले कुनै गुटगत राजनीति नगरेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति आफूलक्षित हुन नसक्ने उनको भनाइ छ ।

"अध्यक्ष ओली (केपी शर्मा ओली)जीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि !," उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्