site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गोष्ठीमा गएकी उपमेयर अमेरिकामै लुकिन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक गोष्ठीका लागि अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् ।

नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी नेपालीले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले बाह्रखरीलाई जानकारी दिए । “नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको बुझेको छु । उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि भयो । त्यसपछि उहाँ फर्कनुभएको छैन,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीको भनाइ छ । अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ । “उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको हो, त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न,” शाहीले बाह्रखरीसँगको कुराकानीमा भने ।

उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ । योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाही बताउँछन् । ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको शाहीको भनाइ छ ।
“सेवाग्राही आएर उपमेयरबारे सोधखोज गर्नुहुन्छ, सञ्चारकर्मीले पनि मलाई नै प्रश्न गर्नुहुन्छ । अमेरिका भ्रमणमा जान्छु भनेपछि नजानुस् भन्ने कुरा पनि आएन,” मेयर शाही थप्छन् ।

Global Ime bank

नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले पनि दन्ता नेपाली (दर्शना) अमेरिका गएको स्वीकार गरे । “संघले नै आयोजना गरेको कार्यक्रम त थिएन त्यो, आईसीएमए अर्थात् इनटरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका जानुभएको हो,” उनले पुष्टि गरे । त्यसपछि फर्किए, नफर्किएकोबारे आफूलाई थाहा नभएको धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका ब्याञ्जु बताउँछन् । “उहाँ सम्पर्कविहीन भएको बारे धेरै मलाई थाहा छैन,” उनको भनाइ छ ।

२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी शाहीले १ हजार २६० मत ल्याएकी थिइन् । मेयर रत्न शाही पनि माओवादी केन्द्रबाटै उमेदवार भइ निर्वाचित हुन् ।
क्याप्सन : कालीकोटको तिलागुफा नगरपालिका उपप्रमुख (उपमेयर) दन्ता नेपाली (दर्शना) तस्बिर साभार : कान्तिपुर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय