site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानले गर्‍यो इराकस्थित अमेरिकी क्याम्पमा रकेट आक्रमण
Sarbottam CementSarbottam Cement

बगदाद । इरानले इराकस्थित अमेरिकी एयरबेस रहेको भूभागमा भीषण रकेट आक्रमण गरेको छ ।  अमेरिकी सेना रहेको इराकस्थित एन अल–असाद र इरबिलस्थित अमेरिकी क्याम्पमा रकेट आक्रमण गरेको छ ।

अल– असद बेस क्याम्पमा कम्तिमा १० रकेट प्रहार गरिएको जनाइएको छ । सो घटनामा के कति हताहतिका घटना भए भन्ने बारेमा अहिलेसम्म केही बताइएको छैन ।

इरानद्वारा अमेरिकी अखडामा दोस्रो चरणमा पनि आक्रमण

इरानका कमान्डर कासिम सुलेमानीको शुक्रबार अमेरिकी आक्रमणमा मृत्यु भएपछि मध्यपूर्वमा तनाव उत्पन्न भइरहेको छ ।  उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएकोभन्दै इरानले जवाफ दिने चेतावनी दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

इरानले सोलेमानीको मृत्युमा गम्भीर बदला लिने चेतावनी दिएको थियो । ह्वाइट हाउसले घटनाक्रमको बारेमा अनुगमन गरिरहेको जनाइएको छ । 

सो आक्रमण इरान समर्थित विद्रोही समूहले गरेको अनुमान गरिएको छ ।

Global Ime bank

यसैबीच राष्ट्रपति ट्रम्पले इरानी कमान्डर कासिमलाई राक्षसको संज्ञा दिँदै ऊ मारिएपछि थुप्रैको ज्यान जोगिएको बताएका छन् । 

उनले सोलेमानीले ठूलो आक्रमणको प्रयास गरिरहेको बेलामा ऊ मारिएको जनाएका छन् ।

आक्रमणपछि ट्रम्पको प्रतिक्रिया–हामी विवरण लिँदैछौं, अमेरिका अहिले विश्वमै शक्तिशाली सेना भएको मुलुक हो 

ट्रम्पले यसअघि इरानका ५२ वटा सांस्कृतिक केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यसको कडा आलोचना भएको थियो । 

ओभल अफिसमा बोल्दै ट्रम्पले अमेरिका इराकबाट बाहिरिनु भनेको देशको लागि सबैभन्दा खराब अवस्था हुने जनाएका छन् । सोलेमानीको मृत्युपछि अमेरिका र इरानको सम्बन्ध अझै बिग्रदै गएको छ । 

दोस्रो चरणमा पनि आक्रमण

इरानले फेरि दोस्रो चरणमा पनि इराकस्थित अमेरिकी बेसमा आक्रमण गरेको छ । पहिलो चरणमा करिब एक दर्जन मिसाइल प्रयोग गरेकोमा दोस्रो चरणमा पुनः आक्रमण गरेको हो ।  अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पहिलो चरणमा एक दर्जन भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रयोग गरिएको जनाएको छ ।

इरानका सर्वोच्च नेताले भने–आक्रमण गर्ने र फर्किने समय सकियो, अब तिमीमाथि आक्रमण 

अमेरिकाले अमेरिकीहरुलाई जोगाउन आवश्यक कदम चाल्ने जनाएको छ । अमेरिकाका अनुसार आक्रमण अल असद एयरबेस र अर्बिलमा भएको हो । 

भागदौडमा कम्तिमा ५० को मृत्यु

शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिमा भएको भागदौडका क्रममा मंगलबार कम्तिमा ५० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका छन् । 

अमेरिकाले इरान र खाडी क्षेत्रको उडानमा रोक लगायो

यो घटना यस्तो  समयमा भएको छ जुनबेला किर्मान शहरमा सुलेमानीको अन्त्येस्टिका क्रममा ठूलो संख्यामा मानिसहरु जुटेका थिए । भागदौड किन मच्चियो भन्ने कुरा खुलेको छैन । सुलेमानी किर्मान शहरकै बासिन्दा हुन् । उनको शव इराकबाट अहवाज, तेहरान र त्यहाँबाट किर्बान ल्याइएको थियो ।

त्यहीँ उनको अन्तिम संस्कार भएको हो । यो घटनाका कारण अन्तिम संस्कारमा ढिलाइ भएको छ । इरानको आपतकालीन सेवाका प्रमुखले भनेका छन् कि जनरल कासिम सुलेमानीको अन्येष्टिको क्रममा मच्चिएको भागदौडमा कैयौँ मानिस मारिएका छन् ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेइपछिका दोस्रो शक्तिशाली व्यक्ति मानिन्थ्यो । जबकी अमेरिका उनलाई आफनो सैनिकको मृत्युको लागि जिम्बेबार आतंकबादी मान्दथ्यो । सुलेमानी कुद्स फोर्स नामको एक सैन्य टुकडीका प्रमुख थिए । 

यो टुकडी एक हिसाबले इरानको सेना जस्तो हो जो अलग अलग देशमा इरानी हितको हिसाबले कसैलाई साथ दिने र कसैलाई विरोध गर्ने गर्दछ । 

यसलाई यस्तोपनि भनिन्छ कि इरानमा भन्नका लागि विदेशमन्त्री हुन्छन् तर वास्तविक विदेशमन्त्रीको भूमिका कुदर््स फोर्सको प्रमुखले निभाउने गर्दछ ।

अमेरिकाले इरान र खाडी क्षेत्रको उडानमा रोक लगायो

अमेरिकाको उड्डयन सम्बन्धी नियामक निकाय द फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले एक सूचना जारी गरी इरान र पर्सियन गल्फ क्षेत्रमा नागरिक उडान नगर्न आग्रह गरेको छ ।  एफएएले सम्भावित दुर्घटनालाई ध्यान दिँदै सो सूचना जारी गरेको जनाएको छ ।

साथै गल्फ अफ ओमानको क्षेत्रमा पनि नजान भनेको छ । इरानले गएरातिदेखि अहिलेसम्म दोस्रो चरणमा इराकस्थित अमेरिकी अखडामा आक्रमण गरिसकेको छ ।

आक्रमणपछि ट्रम्पको प्रतिक्रिया–हामी विवरण लिँदैछौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इराकस्थित दुई अमेरिकी बेसमा मिसाइल प्रहार गरेको जनाएका छन् ।

हताहती र क्षतिको विवरण लिने काम भइरहेको जनाउँदै उनले ट्विटमार्फत  भनेका छन्, “अमेरिका अहिलेसम्म विश्वकै सबैभन्दा शक्तिशाली र सुसज्जित सेना भएको मुलुक हो । मैले भोलि बिहान मन्तव्य राख्दैछु ।”

इरानले आज बिहान इराकस्थित अमेरिकाका दुई अखडामा आक्रमण गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।  (एजेन्सीको सहयोगमा)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC