site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आठ आप्रवासीलाई निर्वासनमा सुडान पठाउन अमेरिकी सर्वोच्च अदालतको अनुमति

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आपराधिक कार्य गरेका आठजना दोषीलाई दक्षिण सुडानमा निर्वासन पठाउन अनुमति दिएको छ ।

सर्वोच्च अदालतले आदेशमा जुन २३ को आफ्नो निर्णयलाई पनि स्पष्ट पारेको एनबीसीन्यूजले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जुन २३ को आदेशमा आप्रवासीहरूको कुनै सम्बन्ध नभएको ‘तेस्रो देश’हरूमा उनीहरू निष्कासन वा निर्वासनमा पठाउज ढोका खोलको थियो ।

अदालतको आदेशमा यो भन्दा पहिलेको फैसला अफ्रिका जिबुटीको ओरिकी सैन्य केन्द्रमा अमेरिकी हिरासतमा रहेका आठजना पुरुषहरूका लागि पनि लागु हुने समाचारमा उल्लेख छ । 

यसअघि एक संघीय न्यायाधीशले प्रशासनले आफ्नो निर्देशन पालना नगरेको भन्दै यो कदमलाई रोकेका थिए ।

अदालतका दुई न्यायाधीशहरू सोनिया सोटोमायोर र केतान्जी ब्राउन ज्याक्सनले भने यस निर्णयमा असहमति जनाएका छन् । 

“अमेरिकाबाट गैरकानुनीरूपमा हटाइएका आठ गैरनागरिकलाई जिबुटीबाट दक्षिण सुडान पठाउन सरकार चाहन्छ । उनीहरूले यातना वा मृत्युको सामना गर्नुपर्ने सम्भावना विचार नगरी उनीहरूलाई स्थानीय अधिकारीहरूलाई सुम्पिनेछ,” न्यायाधीश सोतोमायोरले बताइन् ।

यो निर्णयले आप्रवासी नीतिमा ट्रम्प प्रशासनलाई ठूलो राहत दिएको बताइएको छ । एनबीसीन्यूज
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्