site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आक्रमणपछि ट्रम्पको प्रतिक्रिया–हामी विवरण लिँदैछौं, अमेरिका अहिले विश्वमै शक्तिशाली सेना भएको मुलुक हो 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इराकस्थित दुई अमेरिकी बेसमा मिसाइल प्रहार गरेको जनाएका छन् ।

हताहती र क्षतिको विवरण लिने काम भइरहेको जनाउँदै उनले ट्विटमार्फत  भनेका छन्, “अमेरिका अहिले सम्म विश्वकै सबैभन्दा शक्तिशाली र सुुसज्जित सेना भएको मुलुक हो । मैले भोलि बिहान मन्तव्य राख्दैछु ।”

इरानले आज बिहान इराकस्थित अमेरिकाका दुई अखडामा आक्रमण गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।  (एजेन्सी)
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०८:५८
प्रतिक्रिया दिनुहोस्