site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानका सर्वोच्च नेताले भने–आक्रमण गर्ने र फर्किने समय सकियो, अब तिमीमाथि आक्रमण 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तेहरान । इरानका टेलिकम्युनिकेसन मन्त्री मोहम्मद जाभेद अजारी जह्रोमीले ट्विट गर्दै अमेरिकालाई आफ्नो क्षेत्रबाट बाहिर जान आग्रह गरेका छन् । गएराति इरानले इराकस्थित अमेरिकी अखडामा आक्रमण समेत गरेको छ ।

इरानका सर्वोच्च नेता आयोतोल्ला खमेनीले एउटा भिडियो सम्बोधनमा  अमेरिकाले इरानलाई नोक्सान पुर्याउन सक्ने तर उनीहरुलाई नै कैयौ गुणा बढी नोक्सान हुने जनाएका छन् ।

उनले भनेका छन्, “मैले अमेरिकी राष्ट्रपति ओबामाको समयमा एकपटक भनेको थिएँ, ‘हिट एण्ड रन’ (आक्रमण गर्ने र फर्किने) को समय सकिएको छ । ‘इफ यु  हिट यु गेट हिट व्याक’ अर्थात् तिमीले आक्रमण गर्‍यौ भने तिमी माथि पनि आक्रमण हुन्छ ।” (सीएनएन)
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  ०८:४४
प्रतिक्रिया दिनुहोस्