site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय भलिबल प्रतियोगिता भोलिबाट
Sarbottam CementSarbottam Cement


काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लबले राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । खेल यही पुस २३ देखि २६ सम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने छ ।

विगत दुई वर्षदेखि नियमित प्रतियोगिता सञ्चालन गर्दै आएको न्यु डायमन्डले तेस्रो संस्करणको मुख्य प्रायोजक होङ्ग्वान्जी बौद्ध समाज रहेको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा विजेताले नगद ४ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्रो हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँसहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनले ५१ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।

Global Ime bank

यस्तै प्रतियोगिताको सर्वोत्कष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर ब्लकर, क्विकर, सेटर सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १  सय १ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा ७ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीमा नेपाल एपीएफ क्लब, न्य डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, टप्स मावि पोखरा, त्रिभुवन आर्मी क्लब, पारामाउन्ट इंग्लिस बोर्डिङ स्कुल र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट २६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC