site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेढ महिनापछि सदन, सत्तापक्षबाटै अवरोध

जनकपुर । डेढ महिनापछि सोमबार बसेको प्रदेशसभा बैठक सत्तापक्षकै अवरोधका कारण स्थगन भएको छ ।

गत आर्थिक वर्षमा प्रदेशका सांसदहरूले उपभोक्ता समितिमार्फत् सञ्चालन गरेका करिब सात सय योजनाको ९१ करोड रुपैयाँ भुक्तानी नभएसम्म सदन चल्न नदिने भन्दै सत्तारुढ दल राजपाकै सांसद उपेन्द्र महतोले बैठक अवरुद्ध गरे । उनको पक्षमा प्रतिपक्ष दलका सांसदहरूले पनि समर्थन जनाउँदै उभिदिएपछि सभामुख सरोजकुमार यादवले आधा घण्टाका लागि बैठक स्थगन भएको घोषणा गरे ।

विरोधमा उत्रेका सांसदहरूको चित्त बुझाउन आधा घण्टाको समय लिएका सभामुख यादव उक्त प्रयासमा सफल हुन नसकेनन् । करिब एक घण्टापछि सूचना टाँसियो, ‘अर्को बैठक मंगलबार एक बजे बस्नेछ ।’

सुरुमा सभामुख यादवले बैठक औपचारिक रूपमा प्रारम्भ भएको जानकारी गराउन बोल्न लागेको वाक्य पूरा हुन नपाउँदै केही सांसदहरूले ढ्यापढ्याप गरे । सभामुखको अनुमति पाएपछि कांग्रेसका सांसद शिवचन्द्र चौधरीले डेढ महिनापछि बसे पनि समस्या सम्बोधन हुन नसकेकोमा दुखेसो पोखे । 

‘आज बसिरहेको यो बैठक डेढ महिनाको अन्तरालमा हो । यो अवधिमा पनि पछिल्लो बैठकमा उठेका समस्यालाई सम्बोधन गर्न नसक्ने सरकारलाई के भनौं ?’ चौधरीले भने, ‘धैर्यताको बाँध टुटेको छ । अब के गर्ने सोच्नुभन्दा यसअघिका समस्या समाधान नभएसम्म सदन चल्न दिनुहुँदैन । सरकारको नाटक हेरेर बस्ने रमिते हामी होइनौं ।’

नेकपाका सांसद शत्रुधन महतोले प्रदेश २ भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप छ र प्रदेश सरकारले त्यो आरोपलाई पुष्टि गर्ने काम गरिरहेको छ । ‘गत आर्थिक वर्षको भुक्तानी रोकिनुको जे कारण देखाइएको छ चालु वर्षमा पनि त्यस्तै अवस्था ल्याउन सरकारको गतिविधि तल्लीन छ,’ महतोले भने ।

चालु वर्ष सुरु भएको आधा समय बित्न लाग्दासम्म संसदीय बजेट खर्चिने कार्यविधिसम्म नपाएको उल्लेख गर्दै उनले असारको अन्तिम साता अख्तियारी दिने र ढिलो काम गरेको भनी बजेट रोक्ने सरकारको पुरानै रबैया दोहोरिइरहेको जिकिर गरे ।

नेकपाकै अर्का सांसद रामचन्द्र मण्डलले पनि प्रदेश सरकारको कडा आलोचना गरे । संसदीय विकास कोषको बजेट अन्तर्गत ५० लाख र सोभन्दा बढी बजेट भएको योजना टेन्डर प्रक्रियामार्फत् खर्च गर्ने गरी ल्याउन लागिएको कार्यविधि अस्वीकार गर्ने सांसद महतोले बताए । टेन्डर प्रक्रियाको कुरा ल्याएर सरकारले भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको उनको आरोप थियो । 

नेकपाका तीन र कांग्रेसका दुई सांसदले गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानीबारे कुरा राखिसकेपछि सत्तापक्ष राजपाका सांसद उपेन्द्र महतोले पनि उनीहरूकै भनाइलाई समर्थन गरे । उनले भने, ‘सदनमा समान्यतया प्रतिपक्षी दलका सांसदहरूले राखेको जिज्ञासा मेट्न सत्तापक्षका सांसद बोल्ने गर्छन्’ महतोले भने, ‘तर, यहाँको परिस्थिति उल्टो छ ।

म प्रतिपक्षी सांसदहरूले उठाएको समस्या र अडानप्रति समर्थन जनाउँदै गत वर्षको भुक्तानी फुकुवा नभएसम्म सदन अवरुद्ध गर्ने घोषणा गर्छु ।’ लगत्तै महतोको भनाइप्रति समर्थन जनाउँदै प्रतिक्षी दलका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro