देश
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको आइताबारको सचिवालय बैठकले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा बनाउन प्रस्ताव गरेको छ । प्रदेशको नाम वाग्मती प्रस्ताव गरिएको छ ।
२०७४ माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ३ को अस्थायी राजधानी हेटौडा तोकेको थियो ।
प्रदेशसभाको दुई तिहाईले स्थायी राजधानी तोक्न सक्ने प्रावधान छ ।
प्रदेशसभाले दुई वर्षसम मुकाम तोक्न नसकेपछि पार्टी सचिवालयले नै अग्रसरता लिएको हो ।
आजको सचिवालयको बैठकमा सभामुख र राष्ट्रियसभाको उमेदवार टुंग्याउने विषयमा पनि छलफल भएको थियो । तर समय अभावले विषय किनारा लगाउन नसकेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६ १२:४१
प्रतिक्रिया दिनुहोस्