संविधानको पूर्ण कार्यान्वयनका निम्ति तीनै तहको निवार्चन गर्नुपर्ने बाध्यता सरकारलाई े छ । सोही बाध्यताअनुरूप २०७४ साल वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सबै शक्तिका साथ सरकार लागिपरेको छ ।
नेपालको संविधान, २०७२ ले नेपाललाई संघीय लोकतन्त्रिक गणतन्त्रात्मक देशका रूपमा व्याख्या गरेको छ । स्थानीय तहको संरचनाअनुसार निर्वाचन गर्नुपर्ने भएकाले सरकारले संविधान जारी भएको सत्र महिनापछि ७ सय ४४ गाउँपालिका र नगरपालिका घोषणा गरेको छ ।
एकपटक डोजर डुलाएर भत्काएका भिर पाखालाई नगरपालिका घोषणा गरिएको छ । सामान्य स्वास्थ्य उपचार तथा रोजगारका लागि गाँउबाट सहर वा सदरमुकाम जानुपर्ने बाध्यता अझै छँदैछ । सुविधा केही नथपिईकन गाविसहरूलाई नगरपालिका बनाइएको छ । फलस्वरूप, जनतालाई सास्ती थपिएको छ ।
जनताले तिर्नुपर्ने कर बढाइएको छ । सामान्य कामगर्न समेत सरकारी कर्मचारीको पाउ मोल्नुपर्ने अवस्थाको यहाँ धेरै व्याख्या गरिरहनु नपर्ला । हामी सबै त्यसको भुक्तभोगी अभुभवी नै छौँं ।
गाँउमा ढल अहिल्यै आवश्यक नहोला तर नियमित बिजुली र बाह्रै महिना सवारी साधन चल्ने सडकमात्रै भए पनि तत्काललाई चित्त बुझाउने बाटो हने थियो । स्थानीय तहको घोषणपछि जिल्लाबाट जनतालाई दिइँदै आएको सेवा स्थानीय तहबाटै दिने भनिएको छ । तर, कर्मचारी तथा भौतिक स्रोतसाधन अभावको बहानामा सबै स्थानीय तहबाट जनतालाई सेवा दिन सजिलो देखिँदैन ।
अर्कातर, मधेसका केही जिल्लामा मधेसी मोर्चाका कार्यकर्ताले स्थानीय निकायमा अवरोध गरेका समाचार आइरहेका छन् । मधेस केन्द्रित दलसंँग सहमति जुटिनसकेकाले देशैभर एकैचरणमा स्थानीय तहको चुनाव सम्पन्न गर्न चुनौतीपूर्ण हुने देखिन्छ । विगत १९ वर्षयता स्थानीय तहको चुनाव हुन नसकेकाले देशभर अराजकता र राजनीतिक स्वेच्छाचारिता बढेको छ । स्वच्छ राजनिति र विधिको शासनका लागि समेत स्थानीय तहको चुनाव अपरिहार्य भएको छ ।
केन्द्रीय राजनीतिको प्रभाव स्थानीय स्तरसम्मै राम्रैगरी देखापरेको हालको अवस्थामा स्वच्छ र जनउत्तरदायी प्रतिनिधि पाउन मुस्किल छ । गुटगत राजनीतिका कारण अवसरवाादी चिन्तन हरेक तहका नेतामा रामै्रसँंग देखिन्छ ।
गुटको नेता रिझाइ लाखौं खर्च गरेर पार्टीका स्थानीय एकाइमा चुनिएका नेताले जनताप्रति जिम्मेवार भई जनताको हितमा काम गर्लान् भनेर आशा गर्नु दिवा स्वप्नामात्रै हुनेछ । अहिलेको भागबन्डे शैली हेर्दा नेताले आफ्नै परिवारमात्रै बनाउने रहेछन् भन्ने स्पष्ट देखिइसकेको छ ।
हामीले हाम्रा प्रतिनिधि चयनगर्दा चलाखी अपनाउनुपर्ने बेला आएको छ । विगतमा हामीले भ्रष्टाचारी अवसरवादी नेतालाई जिताउनाले हाम्रो देशले निकास पाउन सकेन । एसियाकै गरिब राष्ट्रका जनता हुनपुगेका छौँं ।
चुनाव जितेर काठमाडौंमा घर ताक्ने नेतालाई बहिस्कार गर्नैपर्छ । भोट हालेर जिताएको नेतालाई गाँउको विकासको कुनै चिन्ता हुदैन भने त्यस्ता नेतालाई भोट हालेर जिताउनुले कुनै अर्थ रहँदैन ।
जनप्रतिनिधि छान्दा एकपटक सबैले सोचौँ – हामीले भोट दिँदैगरेका नेताले सहरमा घर तात्तैmछन कि गाँउको विकासका लागि जोड दिदैछन् ? निर्वाचनमा एक भोटको पनि महत्त्व हुन्छ । हामीले दिने एउटा भोटको पूर्ण सदुपयोग हुनेगरी स्वविवेक प्रयोग गर्नु जरुरी छ । हामीले चुनेका प्रतिनिधिको कार्यशैलीका कारण भविष्यमा पनि पछुताउनु नपरोस् ।
हिजोआज राजनीति फटाहा गफाडीको गर्ने पेसा हुनपुगेको देखिन्छ । नयाँ तथा साना राजनितिक दललाई हामीले विश्वास गर्न सकिरहेका छैनांै । अबको जनप्रतिनिधि छान्दा उसको पृष्ठभूमि, नैतिक आचरण, सामाजिक प्रतिष्ठा, कार्यशैली, क्षमता, शैक्षिक योग्यतालगायतमा ध्यान दिनुपर्ने देखिन्छ ।
हरेक क्षेत्रमा शैक्षिक योग्यता र कार्यकौशल चाहिने जमानामा देश हाक्ने नेतामा समेत यो लागु हुन आवश्यक छ । अब नेताले विगतमा भोगेको जेलसजाय वा ‘जनयुद्ध’को अनुभवलाई लिएरमात्रै भोट दिन सकिँदैन ।
जनता अब भाषण हैन सकारातत्मक परिवर्तन देख्न चाहन्छन् । विकासका सुविधा भोग्न चाहन्छन् । जनता नेताकोमात्रै हैन कसैको पनि दास भएर बाँच्न चाहँदैनन् । जनता नेताको पिछलग्गु हुन चाहँदैनन् । विधिको शासन चाहँन्छन् । कानुनी राज्य चाहन्छन् ।
जनताले देशको विकासका लागि पटकपटक आन्दोलनमा साथ दिए । जनताले ज्यानको आहुति दिए तर ती सबै क्रान्ति नेताको निम्तिमात्रै अवसर सिद्ध भए । अब पनि हामीले सही वा गलत नेता छुट्याउन सकेनौै भने देश अझै दशकौं पछाडि जाने निश्चित छ ।
जनप्रतिनिधि छान्दा स्वतन्त्र व्यक्ति होस् वा सानो राजनितिक दलको नेता नै किन नहोस् उसमा देश विकासको स्पष्ट खाका छ, क्षमता छ, देशलाई नेतृत्व गर्नसक्ने खुबी छ भने सच्चा नेता ती हुन सक्छन् ।
शिक्षाले नै मानिसलाई नयाँ कुराको खोज र त्यसको प्रयोग गर्ने अभिप्रेरणा दिन्छ । विज्ञानको प्रविधिको उन्नति हेर्दा हाम्रो देशको विकास सम्भव देखिन्छ । तर, परम्परावादी चिन्नत भएका नेताबाट हैन दक्ष, सक्षम र शिक्षित मानिसबाट मात्रै यसो हुनसक्छ ।
चिया पसलमा बसेर देशको विकास भएन भन्दै रोइलोमात्रै गर्ने कि आफ्नो विवेक पनि प्रयोग गर्ने हो ? सोचौँ, देश बनाउन चाहिने जग बसाउने काम हाम्रै हातमा छ । सिन्को नभाच्ने लोभीपापी, गफाडी नेतालाई सधँैका लागि राजनीतिबाट बिदा गरौंँ ।