site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज हुँदैछ ।  काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुने आयोजकले जनाएको छ । 

दिउँसो ४ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ । उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धीलाई फाइनलमा पुगेका छन् । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका हुन् । ३२औं श्रृंखलाबाट चार उत्कृष्ट फाइनलिष्ट तयार भएका थिए ।  

‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा  दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् । 

Global Ime bank

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् । 

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement