site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यसरी आज हुँदैछ जापानी सम्राटको गद्दी आरोहण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

टोक्यो । जापानका सम्राट नारुहितोले मंगलबार चरणबद्ध कार्यक्रमका बीच गद्दी आरोहण गर्दैछन् । ५९ वर्षीय उनले गएको मे महिनाबाट नै काम थालेका हुन् ।  तर, उनले आजबाट भने त्यसलाई विभिन्न विधि पुर्याएर औपचारिकता दिन लागका हुन् । उनको गद्दीआरोहण हालै जापानमा आँधीका कारण ८० जनाको मृत्यु भएर देश तंग्रिन नपाउँदै भइरहेको छ । 

उनी आज  ६.५ मिटर उचाइको ताकामिकुरा गद्दीमा चढेर यसको औपचारिकता पूरा गर्ने छन् । सो कार्यक्रममा पुराना तरबार र गरगहनाहरुको समेत प्रदर्शन हुनेछ । ती सबैलाई सम्राटको शक्तिका रुपमा व्याख्या गर्ने गरिन्छ ।  ३० मिनेट लामो समारोहपछि सम्राटले मन्तव्य दिनेछन् । त्यसपछि प्रधानमन्त्री शिन्जो आबेले बधाई सम्बोधन गर्नेछन् । सो कार्यक्रममा भाग लिन १७० भन्दा बढी देशका प्रतिनिधिहरु गएका छन् । 

त्यसमा नेपालका राष्ट्रपति विद्या भण्डारीदेखि बेलायतका युवराज चार्ल्ससम्म रहेका छन् । विदेशी अतिथीलाई सम्राटले चिया पार्टीको पनि आयोजना गर्नेछन् । साँझ प्रधानमन्त्री आबेले रात्रिभोजको आयोजना गर्नेछन् ।  गद्धी आरोहण परेड भने नोभेम्बर १० तारेखसम्मका लागि स्थगित गरिएको छ । यसअघि सम्राट अकिहितोको गद्दी आरोहण कार्यक्रम सन् १९९० मा भएको थियो । त्यसपछि भएको यो अर्को समारोह हो ।  (बीबीसीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC