site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 विस्फोटका घाइतेलाई इँटा भट्टीमा हालेर जलाइयो, जाहेरी दिनेकोसमेत गोली हानी हत्या 
Sarbottam CementSarbottam Cement

जनकपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अफताव आलमलाई रौतहट बमकाण्डमा संलग्न भएको अभियोग लागेको १२ वर्षपछि आइतबार प्रहरीले उनको गृह जिल्लाबाटै पक्राउ गरेको छ ।  राजपुरस्थित घरबाट गौरतर्फ जाँदै गरेका आलमलाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयबाट खटिएको र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले आइतबार बिहान करिब ११ बजे इद्रिस चोकबाट पक्राउ गरेको हो । 
उनलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ । सोमबार जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनाए ।  सांसद आलम प्रथम संविधानसभा निर्वाचनमा जितपछि विभिन्न सरकारमा क्रमशः सहायक वन मन्त्री, स्थानीय विकास राज्यमन्त्री र श्रम मन्त्री भएका थिए । 

दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेसबाटै विद्रोह गरी अलग्गै पार्टी बनाएका विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उमेदवारी दिएका आलम आफ्नै भतिजसँग पराजित भए । २०७४ मा उनी तत्कालीन संघीय समाजवादी पार्टीका उमेदवार किरण साहलाई पराजित गरी कांग्रेसबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । 

के हो रहस्य ? 
प्रथम संविधानसभा निर्वाचनको एक दिनअघि साँझ करिब साढे छ बजे रौतहटको राजपुरस्थित स्थानीय शेख इद्रिसको घरगोठमा बम विष्फोट भयो । स्थानीयका अनुसार दुईजना नेपालीसमेत १३ जना घाइते भए ।  इद्रिस सोही निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसका तर्फबाट उमेदवार रहेका अफताव आलमका काका हुन् । घटनालगत्तै आलमले सबै घाइतेलाई तत्काल ट्रयाक्टरको ट्रलीमा राखेर गाउँ नजिकै रहेको आफन्तकै इँटाभट्टामा लगेर इँटा पकाउन बालिएको चिमनीभित्र फालेको आरोप पीडित परिवारजनको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बम विष्फोटमा परी भएको मानवीय क्षतिले जिल्लामा सुरक्षाको चुनौती मात्रै बढेन, स्थानीयमा त्रास फैलियो । लगत्तै तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेको टोली घटनास्थल पुग्यो । तर, घटनाको वास्तविकता अध्ययनका लागि आलम पक्षको जबरजस्त अवरोधको सामना गर्न नसकेको स्थानीय लक्ष्मण साह बताउँछन् । 

प्रहरी पुग्दा घटनास्थलको सबुत प्रमाण नष्ट गरिसकिएको थियो । इँटाभट्टातर्फ घाइतेहरुलाई ओसारिएको स्थानीयबाट जानकारी प्राप्त भए पनि त्यसतर्फ प्रहरीको टोलीलाई जान दिइएको थिएन । भोलिपल्ट बिहानैदेखि सुरु हुने मतदान र सम्पूर्ण सुरक्षा व्यवस्थामा जुटिरहेको प्रहरी चुनावमै अल्झियो । 

Global Ime bank

बम विस्फोटनमा यमुनामाई गाउँपालिका –४, सरुहठाका २५ वर्षीय पिन्टु सिंह र राजपुर नगरपालिकास्थित फरहदवाका ओसी अख्तरसहितको मृत्यु भएको थियो । स्थानीय राकेश यादवले बाह्रखरीसँग भने, “घटनामा १३ जना घाइते भएको सुनेका थियौं । दुईजना बाहेक सबै भारतीय नागरिक थिए, जो उनकै आफन्तको इँटाभट्टामा काम गर्थे,” यादवले थपे, “बम विस्फोट भएपछि ठूलै हल्ला फैलियो । केहीको मृत्यु भएको पनि हुन सक्छ । तर, धेरै जिवितै छट्पटाइरहेका थिए रे ! घटना लुकाउन जिउँदासमेतलाई दन्किरहेको भट्टीमा झोंसिदिएको प्रत्यक्षदर्शीहरुले भनिरहेका थिए । प्रहरीले पनि घटनास्थलको मुचुल्का बनाउँदा यी कुराहरु लेखेको हुनुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनापछि सरुहठाका मृतक पिन्टुका बाबु श्रीनारायण सिंह र फरहदवाका ओसी अख्तरकी श्रीमती रुक्साना खातुनले आलमविरुद्ध किटानी जाहेरी दिए । 

त्यसबेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार थियो । भर्खरै निर्वाचित सभासद आलमको कोइरालासँग राम्रो पहुँच भएकै आधारमा जिल्ला प्रहरी कार्यालयले आलमविरुद्ध मुद्दा दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाइएको स्थानीय बताउँछन् । उक्त मुद्दामा ठोस प्रमाण नरहेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरिदिएको थियो ।

फेरि के भयो ?

आलमविरुद्ध जाहेरी दिने मध्येका रुक्सानाको केही वर्षपछि गोली हानी हत्या भयो । उनको हत्यारालाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । रुक्सानाको हत्या सम्बन्धी मुद्दा अनुसन्धानकै प्रक्रियामा रहेको प्रहरीले जनायो । 

यता, श्रीनारायण सिंह छोराको हत्या गर्नेविरुद्ध कारवाही हुनुपर्ने माग गर्दै पुनरावेदन अदालत पुगे । पुनरावेदन अदालतले पनि जिल्ला सरकारी वकिल कार्यालयकै निर्णयलाई सदर गरेपछि उनी सर्वोच्चको शरणमा पुगे । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीस सुशीला कार्कीले २०६९ जेठ १६ गते उत्प्रेषणको आदेशद्वारा पुनरावेदनको निर्णयलाई वदर गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, रौटहटको नाममा मुद्दाको अनुसन्धान गर्न आदेश गरिन् । 

सोही आदेशको आधारमा जिल्ला प्रहरी कार्यालयले सुरु गरेको अनुसन्धानको क्रममा आइतबार जिल्ला अदालत रौतहटबाट अनुमति लिएर सांसद आलमलाई पक्राउ गरिएको प्रहरी कार्यालय, मुद्दा शाखाका अधिकृत रामबहादुर यादवले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार प्रहरीले सांसद आदलमसमेत उनका भाई महताव आलमलगायत पाँचजनालाई नियन्त्रणमा लिन जिल्ला अदालतबाट अनुमति लिएको छ । 
तस्बिरः रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !