site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायतमा ‘नेपाल यात्रा’

काठमाडौं । बेलायतमा रहेर ‘नेपाल यात्रा’ मार्फत नेपाललाई चिनाउने प्रयास गरिरहेका छन् कलाकार पी. सिंह । बेलायतको हथ थिएटरमा उनको ‘नेपाल यात्रा’ एकल कला प्रदर्शनी चलिरहेको छ । 

“वास्तुगत रूपमा सम्पन्न प्राचीन मठमन्दिर तथा विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाकको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतबासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने प्रयत्न गर्ने यस प्रदर्शनीको उदेश्य रहेको छ,” उनले भने ।

प्रदर्शनीमा विभिन्न आकारका ४० वटा कलाकृतिहरू राखिएका छन् । स्केच, वाटर कलर र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न प्रदर्शनीको छ । 

पेशाले सफ्टवेयर इञ्जिनियर सिंह फुर्सदको समयमा पेन्टिङ गर्न रुचाउछन् ।

उनी नेपालका चर्चित सफ्टवेयरहरू नेपाली टाइपिङ ट्युटर ‘टाइपशाला’, रोड इन्जिनियरिङ सफ्टवेयर ‘राजमार्ग’, तथा ‘नेपाली युनिकोड’ लगायत विभिन्न सफ्टवेयरका निर्माता हुन् । हाल उनी बेलायत अवस्थित अन्तराष्ट्रिय संस्था एआइजी मा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन् ।

प्रदर्शनीले भिजिट नेपाल २०२० लाई पनि केही हदसम्म टेवा पुग्ने अपेक्षा उनको छ । यस प्रदर्शनीमा सिंहकी छोरी रोषलिन सिंहका पनि केही चित्रहरू राखिएका छन् ।

२४ सेप्टेम्बरदेखि सुरु प्रदर्शनी १० अक्टुबरसम्म चल्ने छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro